अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

चापाकोट नगरपालिका वडा नंं १० द्धारा कृषिलाई प्राथामिकता, उत्पादनका आधारमा अनुदान

 
रेडियो आँधीखोला
वालिङ, ९ कार्तिक ।
स्याङ्जा जिल्लाका अधिकांश स्थानको मुख्य पेशा कृषि हो । कृषिलगायत उत्पादनका क्षेत्रमा सवल राष्ट्रहरु आर्थिक मन्दिका समयमा पनि अवस्था स्थीर राख्न सक्षम भएको पाइन्छ । यसरी हेर्दा हरेक नागरिकहरु उत्पादनसँगै आयस्तर वृद्धिमा लाग्न सकियो भनेमात्र हामीले खोजेको समृद्धि प्राप्त हुन्छ भन्ने विश्वास गर्न सकिन्छ । यही मान्यता अनुरुप स्याङ्जाका बिभिन्न पालिकाहरुले कृषि उत्पादनलाई प्राथमिकतामा पार्न थालेका छन् ।
यसैबीच चापाकोट नगरपालिकाका वडाहरुले कृषि उत्पादनलाई आयआर्जनसँग जोड्न किसान प्रोत्साहनका कार्यक्रलाई जोड दिएको छ । कृषिलाई प्राथमिकतामा पारेर कृषक प्रोत्साहनका कार्यक्रमलाई महत्व दिएको १० नम्वर वडा अध्यक्ष रामु कोइरालाले जानकारी दिनुभयो । चापाकोट नगरपालिकाकै मुख्य पेशा कृषि हो, त्यसैले  आफ्नो वडाले पनि किसानहरुको आयस्तर वृद्धिलाई जोड दिएर लागेको वडा अध्यक्ष कोइरालाल बताउनुभयोे ।
बाटो, खानेपानी, सिंचाईलगायत पूर्वाधार विकासको धेरैजसो काम भएको छ । अब कृषि उत्पादनलाई जोडदिनुपर्छ भनेर वडाले प्रविधिसँगै एक घर एक टनेल कार्यक्रम सञ्चालन गरेको छ । यसका लागि ५० प्रतिशत अनुदानमा टनेल उपलव्ध गराइएको अध्यक्ष कोइरालाले उल्लेख गर्नुभयो । यो वडामा झण्डै  ८० जना किसानलाई टनेल उपलव्ध गराइसकिएको छ ।
उहाँले भन्नुभयो—“बाटो, खानेपानी, सिंचाईलगायत पूर्वाधार विकासको धेरैजसो काम भएको छ । अब काम उत्पादनमा जोड दिनु हो । कृषकहरुको आयस्तरमा वृद्धि गर्नको लागि व्यावसायीकरणमा लाग्नुपर्छ भन्ने लाग्छ । यसका लागि एक घर एक टनेल कार्यक्रम सञ्चालन गरिएको छ । ५० प्रतिशत अनुदानमा टनेल उपलव्ध गराएका छौं । झण्डै  ८० जना किसानलाई टनेल उपलव्ध गराइ सकिएको छ । कसैले पनि पाइएन भन्ने समस्या राख्ने अवस्था नआवस भनेर मागको आधारमा टनेल सहजरुपमा उपलव्ध गराइएको छ ।”
उत्पादनका आधारमा अनुदान दिनुपर्छ भनेर वडा लागेको र किसानहरुलाई पनि त्यसैगरी जानकारी गराइएको अध्यक्ष कोइरालाले उल्लेख गर्नुभयो । यसरी अनुदानको व्यवस्था गरियो भनेमात्र कृषकहरुमा थप उत्साही बनाउछ भन्ने लाग्छ उहाँले भन्नुभया,े कृषि ज्ञानकेन्द्र, लाइभस्टकलगायत सम्बन्धित निकायसँग समन्वय गरेर किसानहरुलाई प्रोत्साहित गर्न वडाले सक्रीय भूमिका निभाएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...