अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

परम्परागत संस्कृति संरक्षणमा लागे वालिङ११ कागतीभञ्याङका स्थानीय

news

 
रेडियो आँधीखोला
वालिङ, ९ कार्तिक ।
वालिङ नगरपालिका ११ कागती भञ्ज्याङबासीले २५ वर्षपछि यो दशैंमा परम्परागत रोटेपिङ खेलेका छन् । दशैंका बेला काठैकाठबाट बनाइएको रोटेपिङ हालेर खेल्ने नेपाली समाजको पुरानो प्रचलन हो । बढ्दो आधुनिकतासँगै यस्ता रोटेपिङ खेलेर रमाइलो गर्ने प्रचलन प्राय हराउँदै गएका बेला यहाँका मानिसहरुले फेरि आफ्नो परम्पराको थालनी गरेका छन् । पूmलपातीका दिन हालिएको यो पिङमा यसपालीको दशैंमा कागती भञ्ज्याङवासीले पुरानो याद गराएका छन् ।
दशैमा खेलिने यो पिङको महत्व परम्पराको विषयमा नयाँ पुस्ताले जान्ने र यसको संरक्षण होस भनी यसपाली रोटे पीङ हालेको पीङ निर्माण संयोजक तुलबहादुर थापाले जानकारी दिनुभयो । सानो छँदा देखेको र खेलेको पिङ युवा अवस्थामा आउँदा पनि यो पिङ खेल्न पाउँदा निकै खुसी लागेको स्थानीय प्रेम थापा बताउनुभयो् । आँफू र साथीहरुसँग पिङ खेल्दैगर्दा निकै रमाइलो लागेको थापाको भनाई छ ।
दशैँमा टिका लगाएपछि भुँई छोड्नुपर्ने मान्यताका साथ भञ्ज्याङ, चौतारी वरिपरि, फराकिलो बाटो भएको ठाउँ र गाउलेको पाएक पर्ने स्थानहरुमा रोटेपिङ, लिङ्गेपिङ खेलिने सामाजिक परम्परा हो । थप मनोरञ्जनका लागि रोधी बस्ने, नाचगान गर्ने प्रचलनले ती भञ्ज्याङ चौतारी र चोकहरुमा घन्किने मादल र खैंजरीका तालले गाउँ नै गुञ्जायमान हुने गर्दथ्यो । केहीवर्ष यता टीका जमरा लगाउने परम्पराले निरन्तरता पाए पनि पिङ खेलेर उ बेलाको जस्तो रमाइलो गर्ने प्रचलन प्राय हराएर गएको स्थानीय बताउँछन् ।
पिङ निर्माण संयोजक थापाका अनुसार दशैंको पूर्णिमापछि पिङ खोेलेर राखिन्छ र फेरि तिहारका बेला हालेर खेल्ने अनि रमाइलो गर्ने हाम्रो पुराना चलन हो । कात्तिके एकदशीसम्म यो पिङ रहन्छ भने त्यपछि भने खोलेर राखिन्छ र फेरि अर्को साल यसैगरी पिङ हाल्ने गरिन्छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...