अहिले तरंगमा

केहि छिनमा

समाचार

केही पहाडी जिल्लामा आज चट्याङसहित हल्का वर्षाको सम्भावना

news

 

  कात्तिक ९, काठमाण्डाै - देशका पहाडी जिल्लामा आज चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् रोजन लामिछानेका अनुसार आज पश्चिमी क्षेत्रका धेरैजसो पहाडी क्षेत्रमा दिउँसोपछि हल्का वर्षासहित चट्याङ पर्ने अनुमान छ ।

यस्तै, पूर्वी र मध्य पहाडी क्षेत्रका एक/दुई ठाउँमा पनि हल्का वर्षाको अनुमान गरिएको छ ।

आज उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको पनि सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले बताउनुभयो । अहिले भने देशका धेरैजसो ठाउँको मौसम  सामान्यतया सफा रहेको उहाँले जानकारी दिनुभयो । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...