अहिले तरंगमा

Aandhikhola Khabar

केहि छिनमा

Nepal Khabar

समाचार

भीरकोटमा गौमुत्र प्रशोधन सुरू

news

 
रेडियो आँधीखोला
वालिङ, ११ कार्तिक ।
स्याङ्जाको भीरकोट नगरपालिकामा गौमुत्र प्रशोधन सुरू भएको छ । नगरपालिकाको वडा नं ८ मा संचालित छोरेडाँडा गौशालाले गौमुत्र प्रशोधन सुरू गरेको हो । आधुनिक प्रशोधन मेसिन प्रयोग गरी गहुँत प्रशोधन शुरू गरिएको गौशाला व्यवस्थापन समितिका अध्यक्ष खुमकान्त खनालले जानकारी दिनुभयो ।
स्थानीय जातका गाईहरूको गहुँत स्वास्थ्यवर्दक हुने र ताजा गहुँत सेवन गर्नाले शरीरलाई फाइदा हुने धार्मिक तथा वैज्ञानिक मान्यता छ । सूर्योदय अगावै गाईले दिने गहुँत धार्मिक दृष्टिकोणबाट सर्वोत्कृष्ट मानिन्छ । सनातन धर्मकर्ममा गहुँत अनिवार्य छ  तर बढ्दो आधुनिकता र शहरीकरणले गर्दा गाईपालन हराउँदै गएको छ । धार्मिक र स्वास्थ्यको दृष्टिकोणबाट पनि बहुउपयोगी भएको हुँदा गौमुत्र प्रशोधन गर्न थालिएको गौशालाका संरक्षक एवम् निवर्तमान नगर प्रमुख छायाराम खनालले बताउनुभयो ।
“गौमुत्रको उपयोगिताको बारेमा स्थानीय समुदायलाई जानकारी गराउने र प्रशोधित  गौमुत्र स्थानीयस्तरमै खपत गर्ने गौशालाको पहिलो योजना छ । करिब १ लाख ५० हजार पर्ने आधुनिक मेसिन प्रयोग गरी गौमुत्रको प्रशोधन सुरू गरिएको हो । उत्पादन बढी भएको खण्डमा आफ्नै ब्राण्ड सहित बजारमा बिक्रिवितरण गर्ने हामीले सोच बनाएका छौं ।” गौशालाका संरक्षक खनालले भने “गौशालाको बहुआयामिक विकास गर्दै यसलाई आत्मनिर्भर बनाउनु हाम्रो उद्देश्य हो । त्यसैले हामीले भर्मी कम्पोस्ट मलको पनि उत्पादन गर्न सुरू गरेका छौं । गाइको गोबर प्रशोधन गरी सुगन्धित अगरबत्ती बनाउने तयारीमा छौं ।”
अहिले गौशाला स्थानीय सरकारले दिने सिमित बजेट र शुभेच्छुकहरूको सहयोगले चलिरहेको छ  िगौशालाको स्वामित्वमा २९ वटा स्थानीय जातका गाईहरू रहेका छन् । धार्मिक मन भएका मानिसहरूले श्राद्ध, जन्मदिन र अन्य पूजाआजामा समेत गौशालालाई आर्थिक सहयोग गर्ने गरेका छन् । गत वर्ष गौशालाले गाइको मल बिक्रिबाट ४० हजार आम्दानी गरेको थियो । गाईको मलमा पालिएको गड्यौलाले उत्पादन गर्ने भर्मी कम्पोस्ट मलमा खेतीबालीलाई चाहिने १६ प्रकारका जैविक  तत्वहरू पाइने र प्रती केजी ४०– ५० रूपैयाँ  मूल्यमा बिक्रि हुने भएकाले गौशालाले यसको पनि उत्पादन गर्न थालेको छ । गत वर्ष प्रति बोरा १ सयमा बिक्रि भएको मल अब व्यवसायिक रूपमा बेच्ने तयारी भएको गौशाला व्यवस्थापनले जनाएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...