अहिले तरंगमा

Chinari

केहि छिनमा

Sajha Khabar

समाचार

गाजा क्षेत्रमा तत्काल युद्धविराम गर्न संयुक्त राष्ट्र सङ्घको अपिल

news

 

  कात्तिक ११,  संयुक्त राष्ट्र सङ्घले गाजा क्षेत्रमा तत्काल युद्धविराम गर्न इजरायलसँग आग्रह गरेको छ ।

गाजा क्षेत्रमा राहात व्यवस्थापनको काम गर्दै आएको राष्ट्र सङ्घीय निकायले यदि युद्ध विराम नगरेमा गाजामा राहातका कार्यक्रम रोक्नुपर्ने अवस्था आएको बताएको बीबीसीले जनाएको छ ।

इजरायलले शुरु गरेको स्थलगत आक्रमणसँगै राहात वितरण कार्य असुरक्षित भएको राष्ट्रसङ्घको भनाइ छ । इजरायली सेनाहरु स्थलगत मार्गबाट उत्तरी गाजामा प्रवेश गरिरहेका छन् ।

यस्तै, गाजा क्षेत्रमा शासन गर्दै आएको विद्रोही समूह हमासले युद्धविराम नभएसम्म बन्धक बनाइएकालाई रिहाइ नगर्ने घोषणा गरेको छ ।

रुसको भ्रमणमा रहेको हमास प्रतिनिधिमण्डलका एक सदस्यले अक्टोबर ७ को आक्रमणमा बन्धक बनाइएकालाई रिहाइ गर्न नसकिने बताएका बीबीसीले जनाएको छ । अहिले २ सय २९ जना हमासको कब्जामा रहेका इजरायलले जनाएको छ ।

गाजामा बन्दी बनाइएका चारजनालाई हमासले रिहा गरिसकेको छ ।  

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...