समाचार
स्याङ्जाको बिरुवा मनकामना मन्दिरमा जारी दोस्रो मनकामना महोत्सव थप एक दिन लम्बियो
रेडियो आँधीखोला
वालिङ, १२ कार्तिक ।
स्याङ्जाको बिरुवा गाउँपालिका ७ रहेको मनकामना मन्दिर परिसरमा जारी दोस्रो मनकामना महोत्सव को समयअवधि एक दिन थपिएको छ । यही कार्तिक ९ गतेदेखी शुरु भएको महोत्सव शनिबार सम्पन्न गर्ने पुर्व निर्धारित समय तोकिएपनि दर्शकहरुको उत्साहजनक सहभागिताले महोत्सव थप एक दिन लम्बिएको आयोजकले जनाएका छन् ।
‘दोस्रो मनकमना महोत्सव सफल पारौ, धार्मिक्, साँस्कृतिक्, पर्यटन तथा खेलकुद विकासमा टेवा पुत्याउ’ भन्ने मुल नारा सहित आयोजित महोत्सवमा स्थानिय कला सस्कृति, कृषि उत्पादनको प्रदर्शनी, हस्तकला प्रदर्शनी शैक्षिक प्रदर्शनीका साथै स्थानिय तथा राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरुले दैनिक साङ्गितिक तथा हास्यव्यङ्य प्रस्तुति रहेको छ् । शनिबार राष्ट्रिय लोकदोहोरी गायिका शर्मिला गुरुङ, गायक पुरुषोत्तम न्यौपाने, गायक शंकरविरही गुरुङ, रिम गुरुङ, सुबिना गुरुङ, आनन्द गुरुङ, सुनिता बुढाक्षेत्रिलगायतको प्रस्तुति रहेको थियो ।
स्याङ्जा जिल्लाका आसपास तथा विभिन्न ठाउँबाट भक्तजनको उत्साहजनक सहभागिता रहने मनकामना मन्दिर अहिले पुन निर्माणको चरणमा रहेको छ् । निर्माण सम्पन्न हुन लगभग ७ करोड लागत अनुमान गरिएकोमा अहिले दुइमध्ये एक मुख्य मन्दिर पुन निर्माणको अन्तिम चरणमा रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा बिरुवा गापा – ७ का वडा अध्यक्ष मेखराज गुरुङले बताउनुभयो । मन्दिरलाई अझ व्यवस्थित गर्नको लागी यो महोत्सबले टेवा पु¥याउने विश्वास अध्यक्ष गुरुङ्कको छ ।
विषेशगरी मनकामना मन्दिरमा दशैँको कोजाग्रत पुर्णिमाको अवसरमा पुजाआजा हुँदै आएको छ । सामान्यतय औँसी र एकादशी बाहेक अन्य दिन पनि भक्तजनहरु मन्दिरमा दर्शनको लागी जाने गरिएपनि गोजाग्रत पुर्णिमामा भने पञ्चबली तथा आफ्ना भाकलहरु पुरा भएको अवसरमा भक्तजनहरुले बली चढाउने गरेका छन् ।
साथै महोत्सवमा खेलकुदतर्फ प्रथम होम बहादुर राना कप वडास्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता समेत आयोजना गरिएको छ । प्रतियोगितामा १३ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा विभिन्न चरणका खेलहरु सम्पन्न भएका छन् । प्रतियोगितामा प्रथम्, दित्तिय, तृत्तिय र सान्त्वना हुनेले क्रमश ः १ लाख ११ हजार १ सय ११, ७१ हजार १ सय ११, ४१ हजार १ सय ११ र २१ हजार १ सय ११ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । विभिन्न विधातर्फका उत्कृष्ट खेलाडीहरुलाई पनि नगद ट्रफी र प्रमाणपत्रसहित सम्मान गरिने खेलकुद उपसमितिका भक्तराज गुरुङ्ले बताउनुभयो ।