अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

गाजामा बन्धक बनाइएकालाई अविलम्ब रिहा गर्न महासचिव गुटेरेसको आह्वान

news

 

कात्तिक १३,  काठमाण्डाै - संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गाजामा बन्धक बनाइएका सबैलाई निःसर्त तत्काल रिहा गर्न आह्वान गर्नुभएको छ ।

नेपालको औपचारिक भ्रमणमा रहनुभएका महासचिव गुटेरेसले सामाजिक सञ्जालमा “म नेपालबाट गाजामा बन्दी बनाइएका सबैलाई निःसर्त एवम् तत्काल रिहा गर्न आह्वान गर्दछु । सर्वसाधारणको हत्या, उनीहरुमाथि हुने आक्रमण र अपहरणलाई कदापी न्यायोचित मान्न सकिँदैन” भनेर लेख्नुभएको छ ।

नेपालका विपीन जोशीलाई हमासले बन्धक बनाएको आशङ्का गरिएको छ । आतङ्कवादी समूह हमासले इजरायलमा गरेको आक्रमणपछि जोशी सम्पर्कविहीन हुनुभएको छ । हमासको आक्रमणमा परि ज्यान गुमाएका १० जना नेपालीका  परिवारप्रति शोक व्यक्त गर्दै  गुटेरेसले बेपत्ता रहेका जोशीको सुरक्षित उद्धारको अपेक्षा पनि गर्नुभएको छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...