समाचार
इपिएस मार्फत दक्षिण कोरिया गएर फर्केकाहरुको सर्वेक्षण शुरु
रेडियो आँधीखोला
वालिङ, कार्तिक १४ ।
अंकुर नेपालको सहकार्य र कोईका नेपालको आयोजनामा इपिएस मार्फत दक्षिण कोरिया गएर फर्किएकाहरुको सर्वेक्षण थालिएको छ । सन २००८ देखि अहिलेसम्म ईपिएस मार्फत कोरिया गई फर्किएका रिर्टनीहरुका लागी पुर्नस्थापनाका लागी सहायता, सुदृढिकरण परियोजना अन्र्तगत यो सर्वेक्षण शुरु गरिएको हो ।
यसअघि पोखरामा सर्वेक्षण कार्य गरिएको थियो भने सोमबार वालिङमा यो सर्वेक्षण गरिएको छ । वालिङ स्थित पतञ्जलि योगभवनमा गरिएको कार्यक्रममा एक सय जनाले फारम भरेका छन् । उक्त फारममा दक्षिण कोेरिया बसेको अवधि, सिकेको सिप, कोरियामा काम गर्दाको अनुभव, संर्घष, बिमा, बिमा रकम प्राप्त गरे नगरेको, सेवा सुविधा, आफ्ना सुझावको योजना लगायतका विषय उल्लेख गरिएको फर्ममा एक सय जनाले फर्म भरेको कार्यक्रम संयोजक बालकृष्ण सुवेदीले बताउनुभयो ।
कोरिया सरकारले कामदारलाई लगानी मैत्रि वातावरण सृजना गरी काम गर्न चाहाने युवाहरुलाई प्रोत्साहन गर्नका लागी यो सर्वेक्षण गरेको सुवेदीले बताउनुभयो । कोरियाबाट फर्केकाहरुका लागी नेपालमा पनि लगानीतर्फ अभिप्रेरित गर्न यो योजना ल्याईएको बताईएको छ । साथै कोरिया गएका फर्केकाहरुको पुर्नमिलन कार्यक्रम मार्फत एकआपसमा भाईचारा र भातृत्वको भावनाको विकास भएकाले यस्ता कार्यक्रम समय समयमा हुनुपर्ने सहभागिको भनाई छ ।