अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

इलाका प्रशासन वालिङमा दशै सकिए लगत्तै राहदानी र पासपोर्ट बनाउने बढे

news

 
रेडियो आँधीखोला
वालिङ, १५ कार्तिक ।
दशै सकिए लगत्तै इलाका प्रशासन कार्यालय वालिङमा राहदानी,नागरिकता,राष्ट्रिय परिचयपत्र लगायतका कागजात बनाउनेको भिड लागेको छ । दशै मनाउन गाउँमा बढेको चहलपहल संगै यस्ता कागजात बनाउनेको पनि संख्या बढ्दै गएको हो । शहरका बिद्यालयहरु तिहारसम्म बन्द भएको हुँदा चाडवड मनाउन गाउँ फर्किएकाहरुले यहीँ बिदाको समयमा विभिन्न कागजपत्र बनाउन प्रशासन कार्यलय पुगेका हुन् ।
अन्यत्र दिनको तुलनामा सोमबार तेब्बर सेवाग्राही कार्यालय पुगेको इलाका प्रशासन कार्यालय वालिङले जनाएको छ । सोमबार मात्रै २ सय ८९ सेवाग्राहीले सेवा लिएका थिए जसमा नागरिकता बनाउने १ सय ८ जना,नाबालक परिचयपत्र ८ जना,पासपोर्ट बनाउने ५४, राष्ट्रिय परिचयपत्र १ सय १७ सेवाग्राहीले सेवा लिएका थिए ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...