अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

अर्जुनचौपारीमा कर सहायता कक्षको स्थापना

news

 
वालिङ, १६ कार्तिक ।
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा कर सहायता कक्षको स्थापना गरिएको छ । नागरिकहरूलाई आफ्नै स्थानीय तहबाट कर सम्बन्धी सोधपूछ तथा सहायता प्रदान  गर्नको लागि  करदाता सेवा कार्यालय स्याङ्जा र पालिकाको समन्वयमा कर सहायता कक्षको स्थापना गरिएको हो ।
“ कर प्रशासन प्रविधिमैत्री बन्दै गएको वर्तमान परिप्रेक्षमा नागरिकहरूमा  कर सम्बन्धी वित्तीय र डिजिटल साक्षरता नहुँदा सानो कामको लागि पनि करदाता सेवा कार्यालय जानुपर्ने बाध्यता अन्त्य गर्न कर सहायता कक्षको स्थापना गरिएको हो ।” करदाता सेवा कार्यालय स्याङ्जाका कार्यालय प्रमुख विजय भुसालले भन्नुभयोे , “पालिकाले तोकेको कर्मचारीबाटै नागरिकहरूले कर सम्बन्धी वित्तीय र प्राविधिक विषयमा पर्याप्त जानकारी प्राप्त गर्न सक्नेछन् । ”
गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले जनतालाई आफ्नै स्थानीय तहमा  कर सम्बन्धी सम्पूर्ण जानकारी दिन र आवश्यकता अनुसार सहजीकरण गर्न पालिकाको पहलमा  कर सहायता कक्षको स्थापना गरिएको बताउनुभयो । कर सहायता कक्षबाट स्थानीय स्तरमा कार्यरत आमा समुह र युवा क्लब बढी लाभान्वित हुने तिवारीले जानकारी दिनुभयो । आन्तरिक लेखा परीक्षक अस्मिता रेग्मीलाई कर सहायता कक्षको फोकल पर्सनको जिम्मेवारी दिएको बताउँदै कर कार्यालयसँग सम्बन्धित सम्पूर्ण कागजात र अनलाइन सेवाका लागि नागरिकहरूलाई उनले सहजिकरण गरिदिने तिवारीले बताउनुभयो ।
अर्जुनचौपारी गाउँपालिकामा स्थापना भएको कर सहायता कक्ष जिल्लाको पहिलो कर सहायता कक्ष हो । चालु आर्थिक वर्ष २०८०÷८१ भित्रै  आवश्यकता अनुसार जिल्लाका ११ वटै स्थानीय तहमा कर सहायता कक्ष स्थापना गर्ने तयारी भैरहेको करदाता सेवा कार्यालय स्याङ्जाका कार्यालय प्रमुख  भुसालले जानकारी दिनुभयो । पालिकामा  कर सहायता कक्ष स्थापना हुनुलाई  संघ र स्थानीय तहबीच हुनुपर्ने समन्वयको रूपमा बुझ्नुपर्ने भुसालले बताउनुभयो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...