अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

उपकार सहकारीको अध्यक्षमा खनाल ८५६ मतान्तर सहित निर्वाचित

news

 
रेडियो आँधीखोला
वालिङ, १८ कार्तिक ।
स्याङ्जाको वालिङमा मुख्य कार्यालय रहेको उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा यमकान्त खनाल निर्वाचित हुनु भएको छ । उहाँ १ हजार ५७१ मत सहित विजयी हुनुभएको हो । त्यस्तै उहाँका निकटतम प्रतिस्पर्धी लक्ष्मीपति पौडेलले ७१५ मत प्राप्त गर्नुभएको छ । खनाल ८५६ मतान्तरले निर्वाचित हुनभएको हो । 
यस्तै उपाध्यक्षमा यज्ञप्रसाद अधिकारी निर्वाचित हुनु भएको छ । उहाँले २ हजार ८६ मत ल्याउनु भएको छ भने यमलाल शर्मा पंगेनीले ४३८ मत पाउनु भएको छ । यस्तै सचिवमा गोकर्ण प्रसाद भट्टराई निर्वाचित हुनु भएको छ । उहाँले २०१३ मत ल्याउदा प्रतिस्पर्धी कमल पंगेनीले ५३२ मत ल्याउनु भयो ।
यस्तै कोषाध्यक्षमा दुर्गा कुमारी न्यौपाने निर्वाचित हुनु भएको छ । ५ मतान्तरले यज्ञप्रसाद पाठकलाई पछाडि पार्दै न्यौपाने निर्वाचित हुनु भएको हो । न्यौपानेले १२७५ र पाठकले १२७० मत पाउनुभयो । अन्य पदमा भने सहमती भईसकेको छ । खनाल एमालेका नेता पौडेल विरुद्ध बागी उठेको भन्दै कारवाही गरेको थियो तर खनालले नै भारी मतले पौडेललाई पराजित गर्नुभयो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...