अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

भूकम्प अपडेट : जाजरकोट र रुकुम पश्चिममा गरी ज्यान गुमाउनेको सङ्ख्या १ सय २९ पुग्यो

news

 

कात्तिक १८,  काठमाण्डाै - जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएराति गएको भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय २९ जना पुगेको छ ।

नेपाल प्रहरीको तथ्याङ्क अनुसार जाजरकोटमा ९२ जना र रुकुमपश्चिममा ३७ गरी एक सय २९ जनाले ज्यान गुमाएका हुन् । भूकम्पमा परेर अहिलेसम्म एक सय ४० जना घाइते भएका छन् । जाजरकोटमा ५५ र रुकुमपश्चिममा ८५ जना घाइते भएका हुन् ।

जाजरकोटको भेरी नगरपालिकामा मात्रै ३५ जनाको ज्यान गएको छ । त्यस्तै, जाजरकोटकै नलगाड नगरपालिकामा उपमेयर सरिता सिंहसहित ५० जनाभन्दा धेरैको ज्यान गएको छ । ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पका कारण सयौँ घर भत्किएका छन् । घाइते भएका र अरुको उद्धारको काम भइरहेको छ ।

रुकुम पश्चिमका जिल्ला प्रहरी प्रमुख डीएसपी नमराज भट्टराईका अनुसार ज्यान गुमाएका ३७ जनामध्ये २८ जनाको सनाखत भइसकेको छ । गएराति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...