अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

भीरकोटमा अनुदानमा आलु र गहुँको बिउ वितरण

news

 
रेडियो आँधीखोला
वालिङ, २० कार्तिक ।
भीरकोट नगरपालिकामा आलु र गहुँको बिउ वितरण गरिएको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा मागको आधारमा आलु र गहुँको बिउ वितरण गरेको हो । नगरपालिकाले यसअघि कृषक तथा समुहहरुलाई आफ्नो माग अनुसारको निवेदन सम्बन्धीत वडामा पेश गर्न भनिएको थियो । 
सोहि मागको आधारमा आईतबारदेखि वडा वडामा आलु र गहुँको बिउ वितरण शुरु गरिएको हो । कार्डिनल, एमएस र जनकदेव जातको आलुको बिउ र गहुँको बिउ वितरण कार्य आईतबार वडा नं. ५ र ७ नम्बर वडाबाट शुरु गरिएको छ । ३ दिन सम्म वितरण गरिने कार्य अन्र्तगत सोमबार १, २, ६ र ८ मंगलबार वडा नं. ३, ९ र ४ मा वितरण गरिने नगरपालिकाले जनाएको छ । नगरपालिकाले १५ हजार केसी कार्डिनल, ७ हजार जनकदेव र ८ सय एमएस जातको आलुको बिउ वितरण गर्दैछ भने ४ हजार केसी गहुँको बिउ वितरण गर्दैछ । 
आईतबार आलु तथा गहुँको बिउ वितरण कार्यक्रममा नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले नगरलाई आलु्मा आत्मनिर्भर बनाउनका लागी र व्यवसायिक रुपमा किसानहरुलाई आलु खेतिमा आर्कषित गर्नका लागी नगरले ५० प्रतिशत अनुदानमा बिउ आलुको बिउ वितरण गरेको बताउनुभयो । भीरकोटमा माटो तथा हावापानी सुहाउँदो कृषि खेति प्रणालीमा कृषकहरुलाई रुची बढाउनका लागी नगरले आवश्यक बिउबिजन अनुदानमा उपलब्ध गराउने बताउनुभयो । 
भीरकोटको फाँटहरु आलुको लागू उर्बर भुमि रहेकाले कृषकले उत्पादन गरेका आलुको बजारीकरणका लागी समेत नगरले सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा उपप्रमुख भगवती अर्यालले कृषकको साथमा नगरपालिका रहेको भन्दै उत्पादनमुलक कार्यमा लाग्न नगरबासीलाई आग्रह गर्नुभयो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत धर्मराज ढुंगाना, वडा नं. १ का अध्यक्ष तथा नगरप्रवक्ता दिपेन्द्र केसी, ७ का अध्यक्ष ताराप्रसाद अर्याललगायतको सहभागिता रहेको नगरप्रमुखका स्वकिय सचिव आयुष पौडेलले जानकारी दिनुभयो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...