अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

धेरै भूकम्प पीडितले राहत पाएनन्, खुला ठाउँमा बस्न बाध्य

news

 

कात्तिक २२, काठमाण्डौ – भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमका धेरैजसो पीडितले अझै राहत पाउन सकेका छैनन् । राहत रकम धमाधम सङ्कलन भइरहे पनि प्रभावितसम्म पुग्न सकेको छैन । घरबार विहीन भएका धेरै पीडितहरु अहिलेसम्म पनि खुला ठाउँमा बसिरहेका छन् । उनीहरु खाली ठाउँमा कष्टका साथ सामूहिक रुपमा बस्न बाध्य छन् । प्रभावित क्षेत्रमा शुद्ध खानेपानीको अभाव छ ।

यस्तै, शौचालय भत्किँदा खुला ठाउँमा शौच गर्नु पर्ने बाध्यता छ । यसले गर्दा झाडापखाला जस्ता सरुवा रोगको जोखिम बढेको छ । धेरैजसो प्रभावितलाई चिसोले सताउन थालेको छ ।  राहतमा पाएका एउटा त्रिपाल र ब्लाङकेटले चिसो छल्न नसकेको पीडितहरु बताउँछन् । जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्माले भने प्रभावितसम्म राहत पठाउने काम भइरहेको बताउनु भएको छ ।

गएको शुक्रवारको भूकम्पपछि जाजरकोटमा लगातार परकम्प गइरहेको छ । राहतको पखाईमा रहेका पीडितहरु थप त्रसित भएका छन् । उनीहरुलाई मनोसामाजिक परामर्श सेवाको खाँचो रहेकालले राहतसँगै परामर्श दिन विज्ञले सुझाव दिएका छन् ।

 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...