अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

भीरकोट नगरपालिकाद्धारा भुकम्प प्रभावितलाई ३ लाख सहयोग

news

 
रेडियो आँधीखोला
वालिङ, २३ कार्तिक ।
स्याङ्जाको भीरकोट नगरपालिकाले भुकम्प प्रभावितलाई ३ लाख सहयोग गर्ने निर्णय गरेको छ । बुधबार बसेको १०६औँ कार्यपालिका बैठकले भुकम्प प्रभावितहरुका लागी ३ लाख रुपैँया प्रधानमन्त्री दैवि प्रकोप राहत उद्धार कोषमा ३ लाख रुपैँया जम्मा गर्ने निर्णय गरेको हो । साथै भुकम्प प्रभावितका लागी फाईबर सिरेक समेत पठाईएको नगरपालिकाले जनाएको छ । 
त्यस्तै लायन्स क्लब अफ भीरकोट पश्चिम रूकुमका भुकम्प पीडितहरूका निम्ति राहत सामाग्री लिएर गन्तव्यतर्फ प्रथान गरेको छ । पश्चिम रूकुमको आठबिसकोट नगरपालिकाका भुकुम्प पीडितहरूलाई राहत सामाग्री वितरण गरिने क्लबका अध्यक्ष यामप्रसाद अधिकारी(लक्ष्मण) ले बताउनुभयो ।
क्लबले आफ्ना सदस्यहरू, भीरकोट र अर्जुनचौपारीका शुभेच्छुक व्यक्ती एवं संघसंस्थाहरूसँग आर्थिक सहयोग लिइ राहत सामाग्री खरिद गरेको क्लबले जनाएको छ। 
यसैबीच गल्याङ नगरपालिकाले चार लाख सहयोग गर्ने निर्णय गरेको छ । आज बसेको गल्याङ नगरपालिकाको कार्यपालिका बैठकले जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रबिन्दु भएर गत शुक्रबार राति गएको छ दशमलव चार रेक्टरको भूकम्पले जाजरकोट तथा रुकुम पश्चिम जिल्लामा भएको जनधनको क्षति प्रति पालिकाले दुःख प्रकट गर्दै भुकम्प पिडितलाई थप राहत मिलोस भनी पालिकाले चार लाख सहयोग गर्ने निर्णय गरेको नगर प्रमुख गुरुप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
 
गल्याङ नगरपालिकाले नगरपालिकामा कार्यरत कर्मचारी, जनप्रतिनिधिबाट २ लाख रुपैयाँ र नगरपालिकाको विपत व्यवस्थापन कोषबाट २ लाख रुपैयाँ गरि जम्मा ४ लाख रुपैयाँ नेपाल सरकारले खडा गरेको विपद व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको हो । जस अनुसार नगरपालिकामा कार्यरत कर्मचारीको एक दिनको तलब तथा जनप्रतिनिधिको एक दिनको सेवा सुविधाबाट रकम जम्मा गर्ने प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले जानकारी दिनुभयो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...