अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

स्याङ्जामा बजार अनुगमन सम्बन्धी अन्तरक्रिया कार्यक्रम

news

 
रेडियो आँधीखोला
वालिङ, २४ कार्तिक ।
 
स्याङ्जामा बजार अनुगमन सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिले (बिहिबार) जिल्ला प्रशासन कार्यालय स्याङ्जामा बजार अनुगमन सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको हो ।
 
संघीय संसद प्रतिनिधिसभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिले दैनिक उपभोग्यमा चिनी, चामललगायतका खाद्यवस्तुहरुको आपूर्ति व्यवस्थापनका सम्बन्धमा उपभोग्य हीत सम्बद्ध पदाधिकारी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलगायतका पदाधिकारीहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
 
कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले स्याङ्जा जिल्लाको आ.व.२०८०÷०८१ को बजार अनुगमन सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । निमित्त प्रमुख जिल्ला अधिकारी पौडेलले जिल्लाका ११ पालिकाहरुमा १३ पटक अनुगमन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार कूल ९७ वटा पसल तथा फर्महरुमा गरिएको अनुगमनमा २० वटा कार्यवाहीमा परेका छन् । कार्यवाहीबाट जम्मा रु.५ लाख ८३ हजार २ सय ३४ जरिवाना गराइएको छ ।
 
कार्यक्रममा सहभागीहरुले औपचारिकताका लागि गरिएको अनुगमन प्रभावकारी नहुने बताएका छन् । चाडवाडको समयमा गरिएको अनुगमनले मात्र उपभोक्ताहरुको हीत नहुने उनिहरुको भनाई थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...