समाचार
देउसी भैलो बेलुका १० बजेसम्म खेल्न मात्र खेल्न जिल्ला प्रशासनको आग्रह
रेडियो आँधीखोला
वालिङ, २५ कार्तिक ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले नेपालीहरुको दोस्रो पर्व तिहारलाई मर्यादित रुपमा मनाउन आग्रह गरेको छ । पर्वहरुमा प्रचलित परम्परा अनुसार सामाजिक एवं सांस्कृति पहिचान कायम हुने गरी प्रचलित कानुनको पालना गर्न समेत प्रशासनले सूचना मार्फत आग्रह गरेको छ ।
तिहारमा खेलिने देउसी, भैलो,लगायतका सांस्कृतिक क्रियाकलापहरु संचालन गर्दा एकआपसमा भाईचारा र आत्मीयता अभिवृद्धि तथा आफ्नो संस्कृतिको संरक्षण हुने गरी अरुको धर्म संस्कार र परम्परामा ठेस नपुग्ने गरी मनाउन समेत आग्रह गरेको छ । देउसीभैलो कार्य गर्दा सार्वजानिक यातायात तथा जीवनमा असर नपर्ने गरी १० बजेसम्म अनुशासित तरिकाले संचालन गर्न आग्रह गर्दै जिल्ला प्रशासन काार्यलयले विजुली, मैनबत्तिजस्ता ज्वलनशिल वस्तुको प्रयोग गर्दा सावधानीपुर्वक प्रयोग गर्न र अचानक आगोलागी भए खबर गर्न समेत भनेको छ । सार्वजानिक स्थलमा मादकपदार्थ प्रयोग गरी होहल्ला गर्ने, झैझगडा गर्ने, भीडभाडजन्य गतिविधि नगर्न समेत अनुरोध गरेकोछ ।
निमित्त प्रमुख जिल्ला अधिकारी दिपक पौडेलद्धारा जारी सूचनामा सवारी साधनको छतमा झुण्डिएर यात्रा नर्गन नगराउन, विभिन्न बहानामा बढी भाडा असुल्ने, सिट क्षमता भन्दा धेरै यात्रु राख्ने यात्रुलाई दुव्र्यवहार गर्नेलगायतका कार्य भएमा १०० मा सम्पर्क गर्न अनुरोध गरिएको छ । दीपावली मनाउने बहानामा पटका, भुँईचम्पा, आतिसबाजीजस्ता विष्फोटक पदार्थ नियन्त्रित तथा निषेधित वस्तुको अवैध आयात, ओसार पसार, विक्रि वितरण तथा प्रयोग नर्गन नगराउन अनुरोध गरिएको छ ।
साथै तिहारमा जुवातास, कौडालगायतका पैसा हारजित हुने खेल नखेल्न नखेलाउन आग्रह गर्दै बजारमा कृत्रिम अभाव, जम्माखोरी, कालोबजारी अस्वभाविक मुल्य वृद्धिजस्ता कार्य नर्गन नगराउन आग्रह गर्दै यस्ता अवाञ्छित कार्य गरेमा गराएमा कानुन बमोजिम कारबाही हुने समेत प्रशासनले चेतावनी दिएको छ।