अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

तिहार मनाउँदै गर्दा खानपानमा ध्यान दिन पोषणविद्को सुझाव

news

 

कात्तिक २७,  काठमाण्डाै - तिहार मनाउँदै गर्दा खानपानमा पनि ध्यान दिन पोषणविद्ले सुझाव दिएका छन्  ।

तिहारमा चिल्लो र गुलियो रोटीसँगै बजारमा पाइने विभिन्न प्रकारका मिठाईको उपभोग धेरै हुन्छ । बजारमा पाइने अनेकौँ किसिमका मिठाईमा मिसावट गरिएको तेल वा घ्युबाट बनाइएको हुने भएकाले स्वास्थ्यको ख्याल गरेर मात्र खान पोषणविद् कला नेपालको सुझाव छ । यस्ता मिठाईको प्रयोग सकेसम्म कम गर्न उहाँले आग्रह गर्नुभएको छ ।

चाडपर्वको बेला खानपिन अलि धेरै नै हुने हुनाले अरु बेलाको भन्दा बढी झोल पदार्थ र फलफूल, सलाद पनि खान उहाँको आग्रह छ । उहाँका अनुसार शरीरको आवश्यकताका अनुसार मात्रा मिलाएर मात्र खानेकुरा खानुपर्छ । चाडपर्वमा शारीरिक सक्रियतामा कमी हुने र धेरै खाने भएकाले अपचको समस्या समेत बढ्न सक्छ ।

खानपानमा ध्यान नदिएको अवस्थामा शरीरको तौल बढ्ने, अपच हुने, कोलेस्ट्रोल बढ्ने समस्या हुन्छ । यस्तै, मधुमेहका बिरामीको सुगर लेभल बढ्ने, रक्तचापको समस्या बढ्ने लगायत समस्या आउन सक्ने पोषणविद् कला नेपालले बताउनुभयो  ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...