अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

देउसीको रकम क्यान्सर पिडितलाई सहयोग

 
 
रेडियो आँधीखोला
वालिङ, २ मंसिर ।
स्याङ्जाको गल्याङ नगरपालिका ११ छापमा देउसी खेलेको रकम क्यान्सर पिडितलाई सहयोग गरिएको छ ।  स्थानीय युवाहरूको सक्रियतामा भाईटिकाको दिन खेलेको देउसी भैलोबाट संकलित १० हजार ५ रुपैयाँ क्यान्सर पिडितलाई हस्तान्तरण गरिएको हो । स्थानीय क्यान्सर पिडित पुतली बराललाई यो रकम सहयोग गरिएको छ  ।
 
 
क्यान्सर पिडित पुतली बरालको आर्थिक अवस्था अत्यन्त कमजोर रहेको स्थानीय युवा अगुवा खुम बरालले जानकारी दिनुभयो । दैनिक गुजारा चलाउनकै लागि संघर्ष गरिरहेको परिवार क्यान्सर संग पनि संघर्ष गरिहरनुभएको बरालले बताउनुभएको छ । देउसी खेलेर संकलन गरेको रकम भ्रमण तथा बनभोजमा खर्च गर्नुभन्दा समस्यामा परेकालाई सहयोग गर्न पाउँदा सबै खुशी भएको उहाँले बताउनुभयो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...