अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

टिकटकलाई पत्र लेख्दै दूरसञ्चारले भन्यो–सरकारले गरेको निर्णय भएकाले सरकारसँगै कुरा गर्नू

news

मंसिर २,काठमाण्डाै - नेपाल दूरसञ्चार प्राधिकरणले सिङ्गापुरमा रहेको टिकटक कम्पनीलाई पत्र पठाएर टिकटक बन्द गर्ने निर्णयबारे सरकारसँगै कुरा गर्न भनेको छ । यसअघि नेपालबाट टिकटक बन्द गर्ने निर्णय भएसँगै दूरसञ्चार प्राधिकरणलाई टिकटकले पत्र लेखेको थियो । त्यसपछि दूरसञ्चार प्राधिकरणले पत्र पठाएर सरकारको निर्णय अनुसार टिकटकलाई नेपालभित्र नचल्ने बनाएर सहयोग गर्न अनुरोध गरेको छ ।

पत्रमा दूरसञ्चार प्राधिकरणसँग भन्दा पनि नेपाल सरकारसँग नै यस विषयमा कुराकानी गर्न टिकटकलाई आग्रह गरिएको छ । सरकारको निर्णय कार्यान्वयनका लागि सहयोग गर्न टिकटकलाई आग्रह गरिएको दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

गएको कात्तिक २७ गते सरकारले नेपालबाट टिकटक बन्द गर्ने निर्णय गरेको थियो । यसबारे सामाजिक सञ्जालमा यसका पक्ष र विपक्षमा विभिन्न तर्क भइरहेका छन् । टिकटक प्रतिबन्धको सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । यो रिटमाथि पर्सि सोमवार सुनुवाइ हुने भएको छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...