समाचार
वालिङमा अटो दुर्घटना हुँदा १६ महिने बालिकाको निधन
रेडियो आँधीखोला
वालिङ, ३ मंसिर ।
स्याङ्जाको वालिङमा अटो दुर्घटना हुँदा एक वालिकाको मृत्यु भएको छ । वालिङ नगरपालिका १ खहरेमा रहेको भित्री कच्ची सडक खण्डमा अटो दुर्घटनामा परेको हो ।
रामबाच्छाबाट खहरे तर्फ जादै गरेको लु १ ह ३६८६ नं.को अटो अनियन्त्रित भई सडकमा नै दुर्घटना हुँदा अटोमा सवार चालक सहित चार जना मध्ये एक बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका १० कान्छीबजार बस्ने ओम बहादुर लम्साल क्षेत्रीको १६ महिना की छोरी कायरा क्षेत्रीको टाउकोमा चोट लागेकोमा उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा लगिएको थियो । अस्पतालमा ४ बजेर ५५ मिनेटमा बकई डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । अटोमा सवार अन्य चार जनालाई भने केही नभएको प्रहरीको भनाई छ ।
अटो र अटो चालक प्रहरीको नियन्यत्रणमा रहेको छ । अटो चालकको कागजपत्र साथमा नभएको र थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रबक्ता एवम् सुचना अधिकारी प्रहरी निरिक्षक पावलसिंह लामाले जानकारी दिनुभयो ।