अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

विकासका कामको संरक्षण गर्न सबैमा गल्याङ नगरको आग्रह

news

 
रेडियो आँधीखोला
वालिङ, ३ मंसिर ।
स्याङ्जाको गल्याङ नगरपालिकाले नगरपालिकामा भएका विकासका कामको संरक्षण गर्न सबैमा आग्रह गरेको छ । एक सन्देश जारी गर्दै गल्याङ नगरपालिकाले भएका संरचना र विकासका कामको संरक्षण गर्न आह्वान गरेको हो ।
 
सन्देशमा सम्पन्न भैसकेका विकास निर्माणका कार्यहरुको सुरक्षा, संरक्षण र व्यवस्थापन गर्नु सबैको कर्तव्य भएको भनिएको छ । आफ्नो वडाको विकास निर्माणमा सम्पन्न भैसकेका र विकास निर्माणको चरणमा रहेका योजनाहरुको विशेष जिम्मेवारी र सुरक्षा संरक्षण गर्न पनि नगरपालिकाले वडा अध्यक्ष तथा जनप्रतिनिधिहरुलाई समेत अनुरोध गरेको छ । विभिन्न वडा भित्र सञ्चालन गरिने विकास निर्माणका कार्यहरु गर्दा पुरानो संरचनाको विनास गर्न नहुने नगरपालिकाले जनाएको छ ।
बाटो निर्माण गर्ने, पुरानो बाटो विस्तार गर्ने, गोरेटो बाटोहरु निर्माण गर्ने, ढल नाली निर्माण गर्ने, खेलमैदान निर्माण गर्ने, पाटी पौवा प्रतिक्षालय बनाउने, खानेपानी का टंकी निर्माण गर्ने आदि अस्थायी र स्थायी विकास निर्माणका कार्यहरु सञ्चालन गर्दा अन्य विकासका पुर्वाधारहरुको संरक्षण गरी अगाडि बढ्न नगरपालिकाले आग्रह गरेको हो । 
विकास निर्माण सम्पन्न भैसकेका योजनाहरु जस्तै खानेपानीका पाइपहरु फुटाउने, घर गोठ जोखिम बनाई काम गर्ने, खानेपानी का मुलहरु पुर्ने भत्काउने, बनिसकेका ढल नालीलाई भत्काउने, गोरेटो बाटो विनास गर्ने आदि कार्य नर्गन नगरपालिकाको अनुरोध छ । एउटा विकास निर्माणको कार्य गर्दा अर्को विकास निर्माण भैसकेको योजनालाई कुनै पनि क्षति नगरि पुर्ण दिगो विकास र वातावरण मैत्री विकास निर्माण कार्यहरु गर्न र गराउनुहुन नगरपालिकाले आम नागरिक, राजनीतिक दल, जनप्रतिनिधि, कर्मचारी, उपभोक्ता समिति, टोल सुधार र टोल विकास समिति लाई आग्रह गरेको हो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...