समाचार
गल्याङमा एकल महिला तथा पुरुष गरी ११५ जनालाई सम्मान
रेडियो आँधीखोला
वालिङ, ४ मंसिर ।
गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईले सबैले आफ्नो कर्तव्यलाई आत्मसाथ गरेर कर्म गर्न सके मात्रै आफ्नो जिम्मेबारी पुरा हुने बताउनु भयो । गल्याङ ं.४ कुरुङ्चेमा आयोजित स्वर्गीय टोपला न्यौपानेको ३४ औं पुण्यतिथीका अबसरमा आयोजित वडास्तरीय एकल महिला तथा पुरुष सम्मान र भोजन गराउने कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।।
जन्मदिने बुवाआमा भगवान समान हुने बताउदै उहाँहरुको लालनपालन र संरक्षणगर्ने जिम्मेबारी छोराछोरीको भएको बताउदै पछिल्लो समय त्यस्ता कुरालाई विर्सेर समाजमा जेष्ठनागरिक एकल महिलाहरु हेलामा परिरहेको कुरा उहाँले बताउनु भयो । सहि र सकरात्मक सन्देश दिने उदेश्यले स्वर्गीय टोपला न्यौपानेका नाती ढाकाराम न्यौपाने र पल्लाघरे परिवारले अनुकरणीय कार्य गरेको प्रति धन्यवाद दिनु भयो ।
साथै नगर प्रमुख भट्टराईले गल्याङ निवुवाखर्क सेतीबेणी सडककालोपत्रे गर्ने र वडाभित्रको सडक सञ्जाल विस्तार गर्ने खानेपानी तथा सिंचाई, शिक्षा, स्वास्थ्यका क्षेत्रमा प्रभावकारी रुपमा विकास र्भैरहेको बताउनु भयो ।
कार्यक्रममा नेपालीकाँग्रेस गल्याङ नगर कार्य समितिका सभापति श्याम प्रसाद बस्यालले आफ्नो पितृको कार्यमा गरिएका असल कर्मले हामीलाई सबै सफलताको बाटोमा अगाडि वढ्न टेवा मिल्ने कुरा बताउनु भयो । कार्यक्रममा गल्याङ नगरपालिका उपप्रमुख हेमा न्यौपानेले समाजमा रहेका जेष्ठ नागरिक र एकल महिला एकलै नभएको अनुभूती दिलाउने काम गर्नु भएकोमा न्यौपाने परिवारलाई धन्यवाद दिनु भयो ।
स्वर्गीय टोपला न्यौपानेका नाती ढाकाराम न्यौपानेले दानगर्नु पुण्य कमाउनु भएकाले धनकमाएर मात्रै नहुँने भन्दै दान पनि गर्न जान्नु पर्ने मान्यताले आफूले यस्तो कार्य गरेको कुरा बताउनु भयो । कार्यक्रममा गल्याङ नगरपालिका वडा नं.४ भित्रका ९० एकल महिला र २५ जना एकल पुरुषगरि ११५ जनालाई दोसल्ला जुत्ता प्रदान गरेर तथा भोजन गराएर सम्मान गरिएको थियो ।
स्वर्गीय टोपलान्यौपानेका जेष्ठ सुपुत्रमुक्ति प्रसाद न्यौपानेको अध्यक्षतामाभएको कार्यक्रमको स्वागतमन्तव्यमणि प्रसाद न्यौपानेले र कार्यक्रमको सञ्चालनगल्याङ नगरपालिकावडा नं.४ का वडाअध्यक्षढाकारामन्यौपानेले गर्नु भएको थियो ।