समाचार
स्याङजाको आँधीखोला गाउँपालीकामा श्रवणकुमारको समाधिस्थलको पुर्ननिर्माण हुँने
रेडियो आँधीखोला
वालिङ, ५ मंसिर ।
श्रवणकुमारको समाधिस्थलको पुर्ननिर्माण हुने भएको छ । स्याङ्जाको आँधीखोला गाउँपालिका वडा नं. ४ मा रहेको धार्मिक तथा ऐतिहासिक श्रवणकुमारको समाधिस्थलको पुर्ननिर्माण नेपाली सेना र आँधीखोला गाउँपालिकाले संयुक्त रुपमा गर्ने भएको हो । पुर्ननिर्माणका लागी आज नेपाली सेनाले अवलोकन गरेको छ । यही मंसिर १० गतेबाट श्रवणकुमार समाधिस्थलको स्तरोन्नति, कम्पाउण्ड रेलिङ निर्माण, विश्रामस्थललगायतका पुर्वाधारहरु बन्नेछन् ।
सोमबार अवलोकनका लागी श्री ३ बाहिनि खैरेनीटारका सहायक रथि गौरवकुमार केसिसहित गण्डकी प्रदेशका विभिन्न गुल्मका गुल्मपतिले समाधिस्थलसहित गाउँपालिका भवन, म्हाँजुभञ्याङ, नेपालकै पहिलो शिरुबारी होमस्टेलगायत पर्यटकीय स्थलहरुको समेत अवलोकन गरेको गाउँपालिका अध्यक्ष विश्व पौडेलले जानकारी दिनुभयो । नेपाली सेनाको २५ लाखमा समाधिस्थलको पुर्ननिर्माण हुने र बाँकी रहेका कामहरुमा पालिकाले खर्च गर्ने अध्यक्ष पौडेलले बताउनुभयो ।
पालिकाले आफ्ना पालिकाभित्र रहेका धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्वका स्थलहरुको संरक्षण तथा संर्वद्धन गर्दै आन्तरिक तथ बाह्य पर्यटकको आवागमनलाई थप वृद्धि गर्ने अध्यक्ष पौडेलको दावी छ । अध्यक्ष पौडेलले भन्न्ुभयो,‘पर्यटनको विकासले नै आर्थिक स्तरलाई माथि उकास्न सकिने भएकाले हामीले पालिकामा रहेका पर्यटकीय स्थलहरुको स्तारोन्नति गर्ने, पर्यकटीय संभावनाहरुको खोजी गरी प्रचारप्रसार गर्ने गरेका छौँ ।’ नेपालकै पहिलो घरबास होमस्टे आँधीखोलामै रहेका कारण बाह्य पर्यटकहरु समेत आँधीखोलामा धेरै आउने भएकाले पर्यटन नै समृद्धिको आधार हो भन्ने बुझिएकोे अध्यक्ष पौडेलले बताउनुभयो ।