समाचार
स्याङ्जा सहयोग समाजको पाँचौ विश्व सम्मेलन तथा आठौं अधिवेशन मंसिर ९ गते हुने
रेडियो आँधीखोला
वालिङ, ७ मंसिर ।
स्याङ्जा सहयोग समाज अन्र्तराष्ट्रिय समन्वय समितिको पाचौ विश्व सम्मेलन तथा आठौं अधिवेशन मंसिर ९ गते हुने भएको छ । स्याङजा सदरमुकाम अर्थात पुतलीबजार नगरपालिका १ स्थित जिल्ला समन्वय समितिमा अधिवेशन गर्नेगरी तयारी भैरहेको आज आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । अधिवेशनको उदघाटन कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ्ले गर्नु हुर्ने र सम्मेलनमा ४३ देशबाट प्रतिनिधि र पर्यवेक्षकगरी ३ सय ४२ जना सहभागी हुने स्याङ्जा सहयोग समाजका अध्यक्ष टुकराज अर्यालले जानकारी दिनुभयो ।
उहाले स्थापनापछि जिल्लामा ८ करोड मूल्य बराबरको बिभिन्न सामाजिक सेवा गरेको र १ करोडको अक्षय कोष स्थापना गरेको पनि जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देलले विश्वका बिभिन्न देशमा रहेर आफना जन्मभूभिप्रति समाजले पुरयाउदै आएको सहयोग प्रशंसा गर्दै आगामी दिनमा समेत निरन्तरता दिन आग्रह गर्नुभयो । कार्यक्रममा निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा, कोषाध्यक्ष रमेश गोदार, प्रेस यूनियनका पूर्व अध्यक्ष प्रदीप कोइराला लगायतले सुझाव एवं जिज्ञासा राख्नु भएको थियो ।
कार्यक्रममा निर्वाचन समितिका संयोजक खेम काफले, सदस्य योगेन्द्र थापाले निर्वाचन सम्बन्धी जानकारी गराउनु भएको थियो । स्याङ्जा सहयोग समाजका अध्यक्ष टुकराज अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव मुक्ति सुवेदीले संचालन गर्नुभएको थियो । अधिवेशनले नयाँ नेतृत्व सहित ३१ सदस्यीय कार्यसमिति चयन गर्दे सम्पन्न गर्ने जनाईएको छ ।