अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

इजरायल र हमासबीचको युद्धविराम आजदेखि लागू हुँदै

news

 

 मंसिर ८, इजरायल र हमासबीचको युद्धविराम आजदेखि लागू हुने भएको छ । इजरायल र हमासबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको कतारले आजदेखि युद्ध विराम हुने जनाएको हो ।

चार दिनको युद्धविराममा हमासले ५० जना बन्धकलाई रिहाइ गर्ने सहमति भएको छ । त्यसपछि इजरायलले आफ्नो जेलमा रहेका १ सय ५० जना प्यालेस्टेनीलाई रिहाइ गर्नेछ । कतारका अनुसार  हमासले बन्धक बनाएकामध्ये १३ जना आजै रिहाइ हुनेछन् । रिहाइ हुनेको नाम भने  सार्वजनिक गरिएको छैन ।

कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले रिहाइ हुनेमा महिला र बालबालिकालाई पहिलो प्राथमिकता दिइएको बताउनुभएको बीबीसीले जनाएको छ । यसअघि बिहीवारदेखि सङ्घर्षविराम हुने र केही बन्धकहरूको अनि केही प्यालेस्टीनी बन्दीहरूको रिहाइ हुने भनिए पनि त्यसमा ढिलाइ भएको थियो । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...