अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

हरिबोधनी एकादशीमा छायाँक्षेत्र मन्दिरमा ९३ हजार भेटि संकलन

news

 
रेडियो आँधीखोला
वालिङ, ८ मंसिर ।
स्याङ्जा जिल्लाको प्रसिद्ध ऐतिहासिक मन्दिर छायाँक्षेत्र मन्दिर छाङछाङदीमा हरिबोधनी एकादशीका अवसरमा विहिबार झण्डै १० हजार भक्तजनहरुले मन्दिर दर्शन गरेका छन् । विहान ४ बजेबाट नै भक्तजनहरु मन्दिर दर्शनका लागी पगेका थिए । एकादशीका अवसरमा मन्दिरमा ९३ हजार ३८६ रुपैँया भेटि संकलन भएको छ । 
मन्दिर व्यवस्थापन समितिका सचिव तथा आर्थिक संकलन समिति संयोजक शोभाकान्त पौडेलका अनुसार मन्दिरमा सहयोग रसिदबाट २८ हजार ६०, आजिवन सदस्यताबाट ११ हजार १११, मन्दिर तथा भजन मण्डालीबाट ३० हजार २१५, दानपेटिकाबाट २४ हजार गरी ९३ हजार ३८६ रुपैँया संकलन भएको हो । यसरी विभिन्न पर्व विषेशबाट संकलित भेटि तथा रकमले मन्दिर व्यवस्थापन र मन्दिर परिसरमा भौतिक निर्माणमा खर्च गरिँदै आईएको छ । 
छाँयाक्षेत्र मन्दिरको महिमा श्री स्वस्थानी ब्रत कथामा समेत उल्लेख छ । मन्दिर परिसरको प्राकृतिक स्वरुप हेर्दा गौथुनहरु, गणेशका मुर्ति, नाग, शिवका विभिन्न स्वारुप देख्न सकिन्छ । यहाँ विषेश गरी महाशिवरात्री, बैशाखे सक्रान्ती, आश्रवण सक्रान्ती, हरिसयनी एकादशी, साउनको सोमबार, तिज, श्रीकृष्णअष्टमी, माघेसक्रान्ती, हरिबोधनी एकादशी, बालाचर्तुदशी, माता तीर्थऔँशी, प्रत्येक एकादशी, ग्रहण नुहाउने मेलालगायत विभिन्न पर्वहरुमा विशेष मेला लाग्ने गर्छ ।
सिद्धार्थ राजमार्गसंगै जोडिएको प्रवेशद्धार चट्टानबाट निस्किएको जलबाट स्नान गर्नका लागि नेपाल सहित छिमेकी देश भारतबाट समेत तिर्थालुहरु आउने गरेको बताईएको छ ।
यसैबीच स्याङ्जा र पाल्पाको संगमस्थल राम्दी धाममा समेत एकादशी मेला सम्पन्न भएको छ  । लोकदोहोरी प्रतिष्ठान नेपाल पाल्पाको सक्रियतामा राम्दीमा एकादशी मेला तथा कलाकार सम्मान कार्यक्रम गरिएको हो ।। हाम्रो राम्दी हाम्रो धाम, एकादशी मेला सबै राम्दी जाम भन्ने नारासहित आयोजित एकादशी मेला भर्न स्याङ्जा, पाल्पा, पर्वत, गुल्मीलगायतका जिल्लाहरुबाट भक्तजनहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
त्यस्तै स्याङ्जा, पर्वत र गुल्मीको सिमाना गल्याङमा अवस्थित कालीगण्डकी नदीको तट सेतीवेणीमा आज विशेष मेला लागेको छ । तीन जिल्ला र तीन अञ्चलको सिमानामा रहेको विश्वकै ठूलो शालिग्राम शिलाको दर्शन गर्न र कालीगण्डकी स्नान गर्नका लागि स्वदेश तथा विदेशवाट भक्तजनको भीड लागेको स्थानीयले बताएका छन् । कालीगण्डकी ‘ए’ जलविद्युत् निर्माणको क्रममा बनेको जलाशयमा सञ्चालित जलयात्रामार्फत शालिग्रामको दर्शन गर्न आउनेको सङ्ख्या उल्लेख्य हुने गरेको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...