अहिले तरंगमा

Songs & Add

केहि छिनमा

Aandhikhola Khabar

समाचार

इजरायल र हमासबीच युद्धविरामको पहिलो चरणमै विपिन जोशीको रिहाइका लागि पहल

news

 

  मंसिर ८, काठमाण्डाै - इजरायल र हमास समूहबीच आजदेखि लागू हुने युद्धविराममा नेपालले विपिन जोशीको रिहाइका लागि पहल थालेको छ । चार दिने युद्धविरामकै क्रममा विपिनको रिहाइका लागि सरकारले पहल थालेको हो ।

इजरायलले हमास समूहविरुद्धको युद्ध चार दिनका लागि रोकेको छ र युद्धविराम आजैदेखि लागू हुँदैछ । यस अवधिमा हमासले बन्धक बनाएका ५० जनालाई रिहा गर्ने सहमति भएको छ ।

परराष्ट्रमन्त्री एनपी साउदले नेपालमा रहेको इजरायली राजदूत हनान गोदेरलाई भेटेर युद्धविरामको यस अवधिमै विपिनको रिहाइका लागि पहल गरिदिन अनुरोध गर्नुभएको छ । हिजो मन्त्रालयमा भएको भेटमा उहाँले चार दिने युद्धविरामको क्रममा जोशीको उद्धारका लागि पहल गरिदिन अनुरोध गर्नुभएको हो ।

जवाफमा राजदूत गोदेरले यसलाई इजरायल सरकारले प्राथमिकतामा राखेको बताउनुभयो । गएको असोज २० गते हमासले इजरायलमा आक्रमण गर्ने क्रममा विपिनलाई बन्धक बनाएर गाजातर्फ लगेको थियो । अहिलेसम्म उहाँको अवस्था थाहा हुन सकेको छैन । इजरायली सेनाले भने गाजामा रहेको एक अस्पतालमा विपिन सुरक्षित रहेको जनाएको छ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...