अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

तराईका जिल्लामा आज लबान पर्व मनाइँदै

news

 

 मंसिर ८,  काठमाण्डाै - तराई/मधेसका जिल्लामा आज नयाँ अन्न प्रचलनमा ल्याइने लबान पर्व मनाइँदै छ।

अन्नबालीको उर्बर भूमि मानिने मधेसका जिल्लामा यज्ञादि होम गरेपछि वर्षभरिकै दैनिक उपभोग र शुभकार्यमा अन्न चल्ने मान्यता रहिआएको छ। यस पर्व सामान्यतया नयाँ धान थन्क्याएपछि मङ्सिरभरि अनुकूलताअनुसार गर्न सकिने भए पनि कात्तिकशुक्ल एकादशी व्रतपछि गर्ने चलन बढी छ।

केही दशकयता मङ्सिरमा पाक्ने रैथाने जातका धानको सट्टा चाँडै पाक्ने उन्नत जातका विकाशे जातका धान लगाउने चलन बढ्दै गएपछि कात्तिकशुक्ल द्वादशी तिथि पर्वका लागि व्यावहारिक पनि बन्दै गएको मिथिला परम्पराका ज्ञाता डा. राजेन्द्रप्रसाद विमल बताउनुहुन्छ । यस पर्वमा नयाँ धानको चिउरा  कुटेर परिवारका सबै सदस्यले चिउरा, दूध र गुँड अर्थात् सख्खर पवित्र यज्ञको अग्निमा होम गरी भगवान् विष्णुलाई अर्पित गरेपछि शेषान्न अर्थात् उब्रेको प्रसादस्वरुप खाने चलन छ ।

यो विधिपछि सबै अन्न वर्षभरि प्रचलन गर्न सकिने मान्यता छ । यो विधिलाई पहाडी क्षेत्रमा ‘न्वागी खाने’ भन्ने गरिन्छ । मैथिल परम्परामा चिउरा मुख्य भोग लगाइने चलनजस्तै पहाडी परम्परामा भने नयाँ धानको चामल दही र सख्खरमा भिजाइएको परिकार खाइने परम्परा छ । यो परिकारलाई बोलीचालीमा ‘भिजाएका चामल’ भनिन्छ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...