समाचार
देउसी भैलोको रकम जेष्ठनागरिकलाई सहयोग
रेडिया आँधीखोला
वालिङ, ९ मंसिर ।
प्रायजसो देउसी भैलो खेलेको रकम बनभोज भ्रमणमै खर्च गरिरहेका बेला एक समुहले भने बृद्धाआश्रमलाई प्रदान गरेको छ । स्याङ्जाको वालिङ नगरपालिका वडा नंं.९ तल्लो वालिङ स्थित युक्यान जापानिज ल्याङग्यज कन्टलटेन्सीले भने आश्रमलाई सहयोग गरेर उदाहरणी कार्य गरेको हो ।
त्यस संस्थामा आबन्ध ५० जना विद्यार्थीहरुको सहभागीतामा खेलीएको देउसी भैलोबाट उठेको ५० हजार रुपैयाँ साहारा विहीन जेष्ठ नागरिक बसोबास गर्ने गल्याङ नगरपालिकावडा नं.१ राम्दी स्थित शिवपार्वती बृद्वाश्रम तथा बहुउदेश्यीय संस्थामा सहयोग गर्नु भएको छ ।
युक्यान जापानिज ल्याङग्यज कन्टलटेन्सीका सञ्चालक अतित गुरुङ्ले समाजमा केही रचनात्मक र सिर्जनात्मक कार्य गर्नु पर्ने ठानेर आफ्नो कन्टलटेन्सीमा अध्ययन गर्न मिलेर खेलिएको देउसी भैलोबाट संकलित रकम आश्रमलाई प्रदान गरिएको बताउनुभयो ।
सामाजसेवी गोपाल अर्यालले युवा पुस्ताले नयाँ सोच बिचारका साथ अगाडि बढ्न आवश्यक भएको बताउदै आफूलाई जन्मदिने मातापितालाई हेला गर्न नहुने भन्दै अनुभवका खानी जेष्ठ नागरिकको सेवा गर्नुपर्ने बताउनुभयो ।
आश्रमका कार्यालय प्रमुख सुनिल श्रेष्ठले विद्यार्थी समुहको यो सहयोगले आश्रमलाई निकै ठुलो सहयोग रहेको बताउँदै विभिन्न व्यक्ति र संस्थाहरुको सहयागले नै संस्था यहासम्म ल्याउन सहयोग गरेको बताउनुभयो ।