समाचार
अन्तराष्ट्रिय अपांग दिवसका अवसरमा वालिङमा सहायक सामाग्री वितरण गरिने
रेडिया आँधीखोला
वालिङ, ९ मंसिर ।
अन्तराष्ट्रिय अपांग दिवसका अवसरमा वालिङमा सहायक सामाग्री वितरण गरिने भएको छ । स्याङ्जा अपांग समाजको शुक्रबार सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो । समाजले वालिङ नगरपालिकाको सामाजिक विकास कार्यालयको समन्वयमा डिसेम्बर ३ तारिखमा मनाईने अन्तराष्ट्रिय अपांग दिवसका अवसरमा सहायक सामाग्री वितरण सहित भव्यताका साथ मनाउने निर्णय गरेको हो ।
राष्ट्रिय अपांग महासंघ नेपालका संघिय अध्यक्ष देविदत्त आचार्यको प्रमुख आतिथ्यमा बसेको बैठकले अपांगता मैत्रि स्थानीय सूचक सम्बन्धमा वालिङ नगरपालिकाले लिएको अपांग मैत्रि नगर घोषणाको प्रकृयामा पैरवी समुहको तर्फबाट तयार गर्ने स्थानीय सूचकको तयारीको लागी गठन गरिउको उपसमितिले सामान्य छलफल अगाडि बढाएकाले यस कार्यलाई अन्तिम रुप दिने निर्णय समेत गरिएको छ ।
त्यस्तै सरोकार निकाय पक्षसंगको समन्वय बैठक अन्र्तगत बैंक तथा वित्तिय संस्था संगको समन्वय बैठक आयोजना गर्ने निर्णय गरेको छ । त्यस्तै नगरपालिको निर्माण गर्न लागेको प्रस्तावित स्वास्थ्य नितिमा अपांगता सवाल समावेश गर्ने कार्यमा प्राविधिक सहयोग गर्ने निर्णय महासंघले गरेको महासंघका अध्यक्ष रामशर्मा पोख्रेलले बताउनुभयो ।