अहिले तरंगमा

Songs & Add

केहि छिनमा

Aandhikhola Khabar

समाचार

काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रमा मौसम बदली : पानी नपर्ने

news

 

  मंसिर ९,  काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका पहाडी क्षेत्रमा मौसम बदली भएको छ ।

हिजो/अस्तिको तुलनामा आज बादल केही बढी लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ । यसैको बढ्दो प्रभावले भोलि र पर्सि बदली पनि थप बढ्ने अनुमान छ ।

महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार काठमाण्डौमा अहिले मौसम बदली भए पनि बिहान १०/११ बजेपछि खुल्नेछ । आज दिउँसो सुदूरपश्चिम र कर्णाली क्षेत्रमा आशिंक बदली हुनेछ । मौसम बदलीका कारण उच्चतम तापक्रम केही घट्न सक्ने सम्भावना छ।

आज र भोलिको तुलनामा पर्सि सोमवार उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात बढ्न सक्ने अनुमान छ। 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...