समाचार
वालिङमा एकैसाथ दुई पुस्तक लोकार्पण
रेडियो आँधीखोला
वालिङ, १० मंसिर ।
स्याङ्जाको वालिङमा एकैसाथ दुईवटा पुस्तक लोकार्पण गरिएको छ । शम्भु अर्यालको मौन आवाज (निर्बन्ध आलेख) र मिलन समीरको (श्रृङ्खला कविता सङ्ग्रह) मिलन समीर र मिलन समीरहरु नामक पुस्तक शनिवार लोकार्पण गरिएको हो । वालिङ प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा पुस्तक लोकार्पणसँगै विमर्श एवम् स्रष्टा सम्मान तथा रचना वाचन गरिएको थियो । कार्यक्रममा मोरङका विवस पोख्रेललाई सम्मानित हुनुभएको छ । कवि, सम्पादक तथा समीक्षक पोख्रेललाई रु. ११ हजार १ सय ११ नगदसहित दोसल्ला ओडाएर सम्मान गरिएको हो । पुस्तकको लोकार्पण गोरखापत्रका पूर्व सम्पादक ओम श्रेष्ठ “रोदन” ले गर्नुभएको थियो ।
मौन आवाज (निर्बन्ध आलेख) को प्रतिष्ठानका सदस्य अनन्तराज अर्यालले समीक्षा गर्नुभएको थियो । यसैगरी (श्रृङ्खला कविता सङ्ग्रह) मिलन समीर र मिलन समीरहरुको कुमार रानाले समीक्षा गर्नुभएको हो । कार्यक्रममा दर्जन बढिले आ—आफ्ना रचना वाचन गरेका थिए । कार्यक्रम प्रतिष्ठानका सदस्य अनन्तराज अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत बसन्त खनाल र संचालन मिलन समीरले गर्नुभएको थियो ।