समाचार
भ्रष्टचार गर्ने कसैलाई छाडिने छैन ः कानुन मन्त्री गुरुङ
रेडियो आँधीखोला
वालिङ, १० मंसिर ।
कानुन, न्यायतथा संसदीय मामिला मन्त्री धनराज गुरुङले भ्रष्टचारका फाइल खुल्दै जाने बताउनु भएको छ । पुतलीबजार नगरपालिका १ मास्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको आठौँ अधिवेशन तथा पाचौँै विश्व सम्मेलनमा शनिबार मन्त्री गुरुङले भ्रष्टचार गर्ने कसैलाई नछाडिने बताउनुभयो ।
पछिल्लो समयमा भ्रष्टचार धेरै भएको बताउदै मन्त्री गुरुङले यसैका कारण राजनितिमा काला धब्बा दाग देखा परेको बताउनुभयो । राजनिति सेवाभएको बताउदै मन्त्री गुरुङले सेवालाई गलत दिशामा लानेलाई खबरदारी भने गर्नुपर्ने बताउनुभयो । निस्वार्थ काम गर्ने उदेश्यले आएको र काम गर्ने बताउदै मन्त्री गुरुङले पद आउने जाने बताउनुभयो ।
भ्रष्टचारी कारबाही गर्न प्रधामन्त्री, गृहमन्त्री समेत लागि गरेरका कानुन अनुसारको कारबाही गर्न आफु पछाडी नपर्ने उहाँको भनाई थियो । बिपी, कृष्ण प्रसाद, शुसिल, मनमोहनको कामलाई सम्झनु भएका मन्त्री गुरुङले काम गर्नेलाई सहयोग गर्ने जिकिर गर्नुभयो । स्याङ्जा सहयोग समाजको कामको सरहना गर्दै मन्त्री गुरुङले समाज समाजिक काममा आफ्नो सहयोग सधै रहने बताउनुभयो ।
कार्यक्रममा संघिय सांसद राजु थापा, पुर्व सांसद नारयण प्रसाद मरासिनी, कालिगण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापा, एमाले अध्यक्ष सुर्य प्रसाद गैरे, सल्लाहकार चन्द्र बहादुर थापालगायतले मन्तब्य राख्नु भएको थियो । २०६६ सालभाद्र १२ गते स्थापना गरिएको समन्वय समितिको विश्व सम्मेलनमा देशका प्रतिनिधि तथा पर्यवेक्षकहरु गरि ३१२ जनाको सहभागीता रहेको अध्यक्ष टुकराज अर्यालले बताउनुभयो ।
स्याङ्जा सहयोग समाजका २३ देशमा राष्ट्रिय समिति गठन भएको र २० देशमा समाजको सम्पर्क प्रतिनिधिहरु रहेको छ । समन्वय समितिले २०७२ को महाभूकम्प, कोरोना महामारी, लगायत जिल्लामा भएका आगलागी, बाढी पहिरो जस्ता विपत्तिहरुमा समिति र विभिन्न देशमा रहेका राष्ट्रिय समितिहरुले आठ करोड भन्दा बढी रकम सहयोग गरेको छ । सम्मेलनमा समन्वय समितिले दुखमा परेकालाई सहयोग गर्ने उदेश्यले एक करोड बराबरको अक्षय कोष स्थापना गरेको थियो ।