समाचार
मालपोत कार्यालय स्याङ्जाद्धारा प्रथम चौमासको राजस्व बाँडफाँड गरी सम्बन्धीत पालिकालाई इएफटि
रेडियो आँधीखोला
वालिङ, १२ मंसिर ।
मालपोत कार्यालय स्याङ्जाले प्रथम चौमासिकमा संकलन भएको राजस्व बाँडफाँड गरेको छ । मालपोतले प्रथम चौमासिकमा संकलन भएको घर जग्गा रजिष्टे«शन तर्फको ६० प्रतिशत राजस्व बाँडफाँड गरी पालिकाहरुमा इएफटी गरेको जानकारी दिएको छ । कार्यालयले संकलन गरेको राजस्व मध्ये ४० प्रतिशत प्रदेशमा र ६० प्रतिशत सम्बन्धीत पालिकाहरुमा दिईने व्यवस्था छ ।
स्याङ्जा मालपोतले हेर्ने पालिकाहरु पुतलीबजार नगरपालिका, भीरकोट नगगरपालिका, फेँदिखोला गाउँपालिका, अर्जुनचौपारी गाउँपालिका, आँधीखोला गाउँपालिका, हरिनास गाउँपालिका र विरुवा गाउँपालिका गरी ७ पालिकालाई राजस्व इएफटि गरिदिएको कार्यालयले बताएको छ ।
पुतलीबजारलाई २३ लाख १७ हजार ७४६, भीरकोटलाई ११ लाख ३१ हजार १९५, फेँदिखोलालाई ४ लाख ३४ हजार ७५८, अर्जुनचौपारीलाई ४ लाख ३ हजार ६९८, आँधीखोला गाउँपालिकालाई १ लाख ६२ हजार ४८७, हरिनास गाउँपालिकालाई २६ हजार ५९७, विरुवा गाउँपालिकालाई २३ हजार ९७० राजस्व इएफटि मार्फत पठाईएको हो । जिल्लामा स्याङ्जा र वालिङ गरी दुई मालपोत कार्यालय छन् । ११ पालिका रहेको मध्ये ७ पालिका स्याङ्जा मालपोतले र बाँकी रहेको ४ पालिका वालिङले हेर्दै आएको छ ।