अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

गल्याङ नगरपालिकाले निर्माण गर्न लागेको सरसफाई केन्द्र सम्बन्धि सार्बजनिक सुनुवाई कार्यक्रम स्थगित

news

रेडियो आँधीखोला
वालिङ, १३ मंसिर ।
स्याङ्जाको गल्याङ नगरपालिकाले निर्माण गर्न लागेको सरसफाई केन्द्र सम्बन्धि सार्बजनिक सुनुवाई कार्यक्रम स्थगित भएको छ । गल्याङ सरसफाई केन्द्र अस्थायी संरचना तथा छर्तिघाट व्यवस्थापन परियोजना निर्माण एवम् संचालन गर्न प्रारम्भिक वातावरण परीक्षण आइआइईको भोलि हुने भनिएको सार्बजनिक सुनुवाई कार्यक्रम स्थगित भएको हो ।
 
सिटी हलमा आयोजना गरिएको कार्यक्रम प्राविधिक कारणले कार्यक्रम स्थगित भएको आयोजक सस्टनेबल कन्सल्टेन्ट सर्भिसेज प्रालिका प्रबन्ध निर्देशक सुर्यप्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँले अर्को मिति तय गरेर सार्बजनिक सुनुवाई कार्यक्रम सञ्चालन हुने बताउनुभयो ।
 
गल्याङ नगरपालिकाको बजार क्षेत्रको फोहोर व्यवस्थापनका लागि गल्याङ नगरपालिका वडा नम्बर तीनमा निर्माण हुने सरसफाई केन्द्र सम्बन्धि वातारणीय परीक्षणका लागि स्थानीयको राय लिनका लागि सार्बजनिक सुनुवाई कार्यक्रम गर्ने तय भएको थियो ।  
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...