अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

स्याङ्जाबाट चार वर्षदेखि फरार व्यक्ति पक्राउ

news

 
रेडियो आँधीखोला
वालिङ, १३ मंसिर ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले लागुऔषध हिरोइन मुद्धामा संलग्न रही चार वर्षदेखि फरार व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुल्मी कालिगण्डकी गाउँपालिका वडा नं. २ घर भई हाल फेदीखोला गाउँपालिका २ उपल्लो कुँडुले बस्ने ४४ वर्षीय रेशम थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सुचना अधिकारी प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।
लागुऔषध (ब्राउन सुगर) हिरोईन मुद्धामा स्याङ्जा जिल्ला अदालतले २०७६ असार १ गतेको फैसला अनुसार थापालाई ५ वर्ष कैद र दश हजार जरिवाना तोकिएको थियो । प्रहरीले गोप्य सुचनाको आधारमा लुकिछिपि बसेको अवस्थामा फेदिखोलाबाट मङ्गलबार पक्राउ गरेको हो । थापालाई स्याङ्जा जिल्ला अदालतमा पेश गरी कैद भुक्तानको लागि जिल्ला कारागार स्याङ्जा पठाएको प्रहरीले बताएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...