अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

बिरुवामा पाँचौं राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता सुरु

news

 
रेडियो आँधीखोला
वालिङ, १४ मंसिर ।
स्याङ्जाको बिरुवा गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाकोे वडा नम्वर ८ मेथाभुरुङस्थित पुष्प मदन खेलमैदानमा गाउँपालिका स्तरीय पाँचौं राष्ट्रपति रनिङ शील्ड प्रतियोगिताको बुधबार समुद्घाटन गरिएका होे ।
 
प्रतियोगिताको समुद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरले राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता गाउँ ठाउँमा लुकेर रहेका प्रतिभालाई प्रस्फुटन गर्ने अवसर भएको बताउनुभयो । विगतका वर्षसम्म गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता सम्पन्न गरिसकेको स्मरण गर्दै अध्यक्ष कुँवरले पाँचौ संस्करणको प्रतियोगिता भव्य र विद्यार्थीहरुले पनि आफ्नो प्रतिभा प्रस्फुटनको अवसरकारुपमा लिएर राम्रो खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो ।
 
गाउँ स्तरीय खेलकुद विकास समितिद्वारा आयोजित पाँचौं संस्कारणको राष्ट्रपति रनिङ शील्ड प्रतियोगिताको संयोजन तथा यवस्थापन भुरुङ चौकी माध्यमिक विद्यालयले गरेको हो । प्रतियोगितामा पालिकाका १० वटा विद्यालयको सहभागिता रहेको छ । 
 
१८ वर्ष मुनिका विद्यार्थीहरुलाई प्रतियोगिता सहभागी गराइएको हो । भलिबल, १६ सय, आठ सय, तथा ४ सय मीटर दौड, कपर्दी लगायत १३ वटा विधामा प्रतियोगिता गराइने आयोजकले जनाएको छ । गाउँ स्तरीय प्रतियोगिताबाट छनौट भएका विद्यार्थीहरु जिल्ला स्तरीय छनौट प्रतियोगितामा र जिल्लाबाट छनौंट भएकाहरु प्रदेश स्तरीय प्रतियोगितामा जान सक्नेछन् । प्रदेश स्तरीय प्रतिस्पर्धाबाट छनौट भएकाहरु राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी हुन सक्नेछन् ।
 
तीनदिनसम्म सञ्चालन हुने प्रतियोगिताको यही १५ गते शुक्रबार सम्पन्न गरिने आयोजकले जनाएको छ । स्थानीय खेलकुद विकास समितिका अध्यक्ष गणेश गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चालन शिक्षा शाखा अधिकृत जीवलाल भुसाल र स्वागत खेलकुद विकास समितिका कोषाध्यक्ष श्री कुमार गुरुङले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...