अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

लागुऔषध (ब्राउन सुगर) मुद्धामा संलग्न रही ११ बर्ष देखी फरार व्यक्ति पक्राउ

news

 
रेडियो आँधीखोला
वालिङ, १४ मंसिर ।
लागुऔषध (ब्राउन सुगर) हिरोईन मुद्धामा फरार रहेका एक पुरुषलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको छ ।  तत्कालिन सम्मानित पुनरावेदन अदालत पोखराको मिति २०६९ असार १७ गतेको फैसलाले  ५ बर्ष कैद दश हजार) जरिवाना तोकिई फरार रहेका स्याङ्जाको फेदिखोला गाउँपालिका २ बस्ने बर्ष ३३ को विशन गुरूङलाई जिल्लाा प्रहरी कार्यालय  स्याङ्जाले पक्राउ गरेको हो । 
प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले गोप्य सूचनाको आधारमा लुकिछिपी बस्दै आएका गुरुङलाई फेदिखोलाबाट पक्राउ गरी हिजो स्याङ्जा जिल्ला अदालतमा पेश गरीएकोमा निजलाई कैद भुक्तानको लागि जिल्ला कारागार स्याङजामा पठाएको प्रहरी नायव उपरिक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...