अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

वालिङ ३ को माझकोटमा बृहत स्वास्थ्य शिविर सम्पन्न

news

 
रेडियो आँधीखोला
वालिङ, १५ मंसिर ।
स्याङ्जाको वालिङ नगरपालिका स्वास्थ्य क्षेत्रमा अब्बल बन्दै गइरहेको छ । सुत्केरी महिलाहरुको शल्यक्रिया,पालिकाभित्रका नागरिकहरुको निशूल्क क्षयरोग स्क्रिनिङ,निशूल्क आँखा जाँच तथा शल्यक्रिया लगायतका कामहरु गर्दै आइरहेको नगरपालिकाले वडागत रुपमा नर्सहरु परिचालन गरी नागरिकहरुको निरन्तर स्वास्थ्यजाँच गर्दै आइरहेको छ । 
नगरपालिकाले बिहिबार वालिङ–३ माझकोटमा रहेको माझकोट स्वास्थ्यचौकीमा बृहत स्वास्थ्य जाँच शिविर सञ्चालन गरेको छ । ग्रामिण क्षेत्रका नागरिकहरुको स्वास्थ्य परीक्षणलाई प्राथमिकता दिँदै उनीहरुलाई सहज स्वास्थ्यसेवा प्रवाह गर्ने उद्धेश्यले शिविरको आयोजना गरिएको हो ।
शिविरमा निशुल्क वृहत प्रजनन स्वास्थ्य,आँखा शिविर,पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ लगायतका परिक्षण र उपचार गरिएको नगरपालिकाले जनाएको छ ।  त्यस्तै शिविरमा महिलाहरुको आँङ खस्ने समस्या,यौन रोग उपचार तथा एचआइभी परिक्षण,ग्रामिण अल्ट्रासाउण्ड र दन्त परिक्षण गरिएको छ । शिविरको उद्घाटन गर्दै नगरप्रमुख कृष्ण खाँणले नागरिकको स्वास्थ्यप्रति नगरपालिका अत्यन्तै सचेत रहेको बताउनुभयो ।
उहाँले नागरिकले आफूहरुलाई दिएको जिम्मेवारी सार्थक रुपले बहन गर्ने प्रतिवद्धता व्यक्त गर्दै जनप्रतिनिधिहरुले भाषणमा भन्दा काममा प्राथमिकता दिएको उल्लेख गर्नुभयो ।नगरप्रमुख खाँणले वालिङ नगरपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम गरिरहेको जानकारी दिँदै नगरमा उपलब्ध स्रोत,साधन र जनशक्तिको उपयोग गरी देशैभरीमा नागरिकमुखी काम गरेको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा नगर उपप्रमुख कविता तिवारी गैह«ेले शिविर सञ्चालन गर्ने कार्यक्रम नगरपालिकाको निरन्तर कार्यक्रम रहेको बताउनुभयो । नागरिकलाई सेवा प्रदान गर्न आफूहरु निर्वाचित भएको स्मरण गर्दै स्वास्थ्य,विकास निर्माण तथा अन्य विविध सेवाहरु नागरिकको घरदैलोमा नै प्रवाह गर्न नगरपालिका तत्पर रहेको बताउनुभयो ।
स्वास्थ्य क्षेत्रमा नगरले नागरिकमूखी कार्यक्रमहरु तय गरेको उल्लेख गर्दै स्वस्थ नागरिकहरु भए नगरको समृद्धि धेरै पर नभएको स्पष्ट पार्नुभयो । नागरिकको स्वास्थ्य अब्बल बनाउने जिम्मेवारी नगरले लिने प्रतिवद्धता व्यक्त गर्दै उपप्रमुख तिवारीले सबै मिलेर नगरपालिकालाई आर्थिक,सामाजिक तथा सर्वपक्षीय रुपमा समृद्ध बनाउन आग्रह र विश्वास व्यक्त गर्नुभयो ।
शिविरमा जम्मा १ सय ३१ जना  नागरिकहरुले स्वास्थ्य सेवा लिएको स्वास्थ्य शाखा प्रमुख कमल पाण्डेले जानरकारी दिनुभयो ।पाण्डेका अनुसार ९३ जनाले आँखा सम्बन्धी सेवा लिएका छन् । त्यस्तै ६७ जनाले दाँत तथा ५० जनाले स्त्रीरोगको सेवा लिएका छन् ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...