समाचार
गल्याङको चण्डिका आधारभूत विद्यालयमा पहार ट्रष्टद्धारा निर्माण गरिएको बाल विकास सिकाई कक्षाको उद्दघाटन
रेडियो आँधीखोला
वालिङ, १६ मंसिर ।
पहार ट्रष्ट नेपाल यूकेका प्रतिनिधि एवम् यूकेका नागरिक क्रिश हयूजले नेपालीहरुको शिक्षाको व्यवस्थापनको पक्षमा आफ्नो साथ सहयोग रहने र ग्रामिण क्षेत्रका बालबालिकाको शैक्षिक विकासमा आफूहरुले साथ सहयोग गर्ने कुरा बताउनु भयो ।
स्याङ्जाको गल्याङ ८ स्थित चण्डिका आधारभूत विद्यालयमा वडा नं.८ को आर्थिक सहयोग र पहार ट्रष्ट नेपाल यूकेको व्यवस्थापनमा निर्माण गरिएको बाल विकास सिकाई व्यवस्थापन कार्यक्रमको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको होे । शिक्षाले मानिस, समाज र देश र विश्वलाई परिर्वतन गर्न सक्ने सामथ्य राख्ने भएकाले सबै भन्दा पहिले शिक्षामा आमूल परिर्वतनको खाचो रहेकोले हरेक देशले शिक्षामा लगानी गर्नु पर्ने उहाँको जोड छ ।
कार्यक्रममा गल्याङ ८ का वडाअध्यक्ष झिम बहादुर थापाले नेपाल र विदेशको शिक्षा नीति नै फरक रहेको बताउदै विदेशीहरुबाट शिक्षाको क्षेत्रमा केही नयाँ कुरा सिक्नु पर्ने बताउनु भयो । कार्यक्रममा यूकेका नागरिक पल स्कार्टेन र अन्ना, गल्याङ ८का पूर्व अध्यक्ष भेक प्रसाद श्रेष्ठ, विद्यालयका पुर्व अध्यक्ष सुर्वण श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका सदस्य टिकामाया गाहा मगर र कमल गाहा मगरले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
पहार ट्रष्ट नेपाल यूकेको ७० प्रतिसत र गल्याङ नगरपालिका वडा नं. ८ को ३० प्रतिसत गरि ६ लाख ७५ हजारमा बाविकास सिकाई कक्षा निर्माण गरिएको हो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष नारायण विश्वकमाको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य विद्यालयमा प्रअ विष्णु कुमारी श्रेष्ठले र कार्यक्रमको सञ्चालन शिक्षक टिकाराम अधिकारीले गर्नु भएको थियो ।