अहिले तरंगमा

केहि छिनमा

समाचार

गल्याङले सञ्चालन गरिरहेको कृषकसँग कृषि प्राविधिक कार्यक्रम वडा नम्बर ८ मा सम्पन्न

news

रेडियो आँधीखोला
वालिङ, १६ मंसिर ।
स्याङ्जाको गल्याङ नगरपालिकाले सञ्चालन गरिरहेको कृषकसँग कृषि प्राविधिक कार्यक्रम वडा नम्बर ८ मा सम्पन्न भएको छ । गुजारा चलाइरहेका साना किसानलाई लक्षित गरेर सुरु गरिएको कार्यक्रम वडा नम्बर आठका विभिन्न छ स्थानमा सम्पन्न भएको हो । शुक्रबार विहान वडा नम्बर ८ को बङ्गराति, रिप, चिदियार, तल्लो करादी, चिउरी र झोल्पेमा कार्यक्रम सञ्चालन गरिएको छ ।
 
कार्यक्रममा सहभागी हुनुभएका गल्याङ नगरपालिका प्रमुख गुरुप्रसाद भट्टराईले तल्लो वर्गका किसानको उत्थानका लागि गरिएको यो कार्यक्रम निकै प्रभावकारी बनेको बताउनुभयो ।
कार्यक्रममा गल्याङ नगरपालिका उपप्रमुख हेमा न्यौपानेले किसान वर्गको हितका लागि नगरपालिका लागिरहेको बताउनुभयो । कार्यक्रममा वडा नम्बर आठका अध्यक्ष झिमबहादुर थापाले वडामा किसानको उत्थानका लागि आफुहरु लागिरहेको बताउनुभयो ।
 
कार्यक्रमहरुमा गल्याङ नगरपालिका पशु सेवा शाखा प्रमुख सुशिल अर्याल र कृषि शाखा प्रमुख शिब ढकाल सहित कृषि तथा पशु प्राविधिकहरुले कृषकहरुलाई सहजिकरण गर्नुभएको थियो । कृषकसँग कृषि प्राविधिक कार्यक्रम वडा नम्बर ७ बाहेकका टोलहरुमा पुगेर सम्पन्न भइसकेको छ । 
 

 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...