समाचार
भीरकोटमा हाटबजारको शुभारम्भ
रेडियो आँधीखोला
वालिङ, १७ मंसिर ।
भीरकोटका स्थानीय कृषि उत्पादनलाई बजारीकरण गर्नका लागी हाटबजार सञ्चालनमा ल्याईएको छ । नगरपालिकाले सञ्चालनमा ल्याएको हाटबजारको नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले उद्दघाटन गर्नुभएको हो । भीरकोट १ बयरघारी फर्दबास पुलको मुख परिसरमा अव प्रत्येक शनिबार हाटबजार लाग्नेछ ।
कार्यक्रममा नगरप्रमुख कर्माचार्यले नगरका कृषकहरुले उत्पादन गर्नुभएको कृषि उपजहरु हाटबजारमा आएर सिधै विक्रि वितरण गर्न आग्रह गर्दै हाटबजारले सिधै आफ्नो उत्पादन उपाभोक्तालाई विक्रि गर्न सहयोग पुग्ने बताउनुभयो । हाटबजारमा विक्रि भएका उत्पादन हाटबजारबाटै विक्रि गर्न आग्रह गर्दै त्यहाँ विक्रि नभएका उत्पादन नगरपालिकाले खरिद गरिदिने उहाँको भनाई छ । हाटबजारमा स्थानीयले आँफूले उत्पादन गरेको तरकारी तथा फलफूललगायतका कृषि उपजहरुको विक्रि वितरण हुनेछ ।