समाचार
वालिङ नगर समितिको प्रथम भेला सम्पन्न
रेडियो आँधीखोला
वालिङ, १७ मंसिर ।
माओवादीको जनजनमा माओवादी, घरघरमा माओवादी भन्ने नाराका साथ संचालित ३ महिने नेकपा माओवादीको पार्टी रुपान्तरण कार्यक्रम अन्र्तगत वालिङ नगर समितिको प्रथम भेला सम्पन्न भएको छ । शनिबार सम्पन्न भेलाले २५ सदस्यीय नेकपा माओवादी केन्द्र वालिङ नगर समिित गठन गरेको हो ।
समितिको अध्यक्षमा चित्र गुरुङ, वरिष्ठ उपाध्यक्षमा अमर गुरुङ, उपाध्यक्षमा टिकाराम डुम्रे र थमना काफ्ले, सचिवमा भक्त गोतामे, सहसचिवमा भगवती पराजुली र कोषाध्यक्षमा टुकप्रसाद डुम्रे रहनुभएको छ भने अन्य सदस्य रहको छन् । २५ सदस्यीय समितिमा तिन सदस्य पछि मनोनित गरिने नगरसमितिले जनाएको छ । पार्टीको सदस्यता नवीकरण तथा जवस मोर्चाको गठन गरिने अवको कार्यक्रम रहेको नगरसचिव गोतामेले बताउनुभयो ।