अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

भीरकोटमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

news

 
रेडियो आँधीखोला
वालिङ, १७ मंसिर ।
भीरकोट नगरपालिकाको आयोजनामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । बयरघारीको खेलमैदानमा शुरु भएको प्रतियोगिताको उद्दघाटन गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वति अर्यालतिवारीले गर्नुभएको हो । प्रतियोगिताको उद्दघाटन गर्नुहुँदै मन्त्री तिवारीले भीरकोट तथा समग्र स्याङ्जाको पहिचानलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा पु¥याउनका लागी यस्ता प्रतियोगिताको महत्वपुर्ण भुमिका रहेको बताउनुभयो । 
खेलकुद तथा खेलाडिको विकासका लागी गण्डकी प्रदेश सरकारको तर्फबाट पनि सहयोग रहने भन्दै यस्ता प्रतियोगितालाई निरन्तरता दिन मन्त्री तिवारीको जोड छ । समग्र जिल्लाको विकासलाई आँफूले प्राथामिकतामा राखेको भन्दै मन्त्री तिवारीले यहाँको शिक्षा, स्वास्थ्य, खानेपानीलगायत आधारभुत आवश्यकताको परिपुर्तिका लागी आँफू प्रतिवद्ध रहेको उहाँको भनाई छ । 
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत धर्मराज ढुंगाना, निर्वतमान नगरप्रमुख छायाराम खनाल, निर्वतमान उपप्रमुख सिमा केसी कर्माचार्य,वडा नं. ६ का अध्यक्ष लक्ष्मण खत्रि, ७ का अध्यक्ष ताराप्रसाद अर्याल, नेपाली कांगे्रस जिल्ला सदस्य तोयानाथ अर्याल, नेपाली कांगे्रस भीरकोट नगर सभापति यामप्रसाद अधिकारी, नेकपा एमालेका नगर कमिटि अध्यक्ष विश्वनाथ अर्याल, दहथुम बहुमुखी क्याम्पसका अध्यक्ष पिताम्बर श्रेष्ठ, संस्थागत विद्यालयहरुको तर्फबाट बालोदय माविका प्रिन्सीपल अमृत अर्याल, सामुदायिक विद्यालयहरुको तर्फबाट प्रअ तोलाकानत काफ्ले, उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नुवादत्त अयाललगायतले बोल्नुभएको थियो । कार्यक्रमको विषयमा वडा नं. १ का अध्यक्ष तथा नगरप्रवक्ता दिपेन्द्र केसीले प्रकाश पार्नुभएको थियो । 
कार्यक्रम नगरप्रमुख गोविन्द कुमार कर्माचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत उपप्रमुख भगवती अयार्ल र वडा नं. ८ का अध्यक्ष नन्दलाल खनालले संचालन गर्नुभएको थियो । प्रतियोगितामा १२ सामुदायिक तथा संस्थागत ५ गरी १७ विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको छ । प्रतियोगितामा भलिबल, कबड्डी, ऐथ्लेटिक्स ट्रयाक तर्फ १००, २००, ४००, ८००, १५००, ३००० मिटर दौड, रिले दौड तथा फिल्ड तर्फ हाईजम्प, लङजम्प, त्रीपलजम्प, ज्याभलिन थ्रो र सटपुट छात्र र छात्रा बिच कडा प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...