अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

गल्याङमा ३२ औं अन्तराष्ट्रिय अपाङ्गता दिवशमा कार्यक्रम

 
रेडियो आँधीखोला
वालिङ, १८ मंसिर ।
गल्याङ नगरपालिका प्रमुख गुरुप्रसाद भट्टराई अपाङ्गता भएका व्यक्तिको हितका लागि नगरपालिकाले सबै खालको सहयोग गर्न तयार रहेको बताउनुभएको छ ।उहाँले औपचारिक कार्यक्रम गर्नुभन्दा पनि अपाङ्गता भएका व्यक्तिहरुको हितमा काम गर्नुपर्नेमा जोड दिनुभयो । ३२ औं अन्तराष्ट्रिय अपाङ्गता दिवशको अवसरमा गल्याङ नगरपालिका स्तरीय अपाङ्ग सञ्जालको समन्वय र गल्याङ नगरपालिकाको आयोजनामा नगरपालिकाको सिटीहलमा भएको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
 
नगरपालिकाको अपाङ्ग सञ्जालबाट नगरले गर्नुपर्ने कामको सिफारिस गर्न आफुले गत वर्ष पनि अनुरोध गरेको भन्दै उहाँले यस वर्ष पनि सोही अनुरोध गर्नुपरेको बताउनुभयो । कार्यक्रममा गल्याङ नगरपालिका उपप्रमुख हेमा न्यौपाने तिमिल्सीनाले आफुले सक्ने कार्यक्रमको खाका बनाउन आग्रह गर्नुभयो । उहाँले अपाङ्गता भएका व्यक्ति पनि विभिन्न काममा सफल हुने गरेको भन्दै आत्मविश्वासका साथ काम गर्नुपर्ने बताउनुभयो ।
 
गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले अपाङ्गता भएका व्यक्तिहरुको हितका लागि नगरपालिका प्रतिबद्ध भएर लागिरहेको बताउनुभयो । २०७८ सालको जनगणना तथ्याङ्क अनुसार गल्याङ नगरपालिकामा ६ सय ६ जना अपाङ्गता भएका व्यक्तिहरु रहेका छन् ।  गल्याङ नगरपालिका अपाङ्गता सञ्चालका अध्यक्ष नारायणप्रसाद भण्डारीले अपाङ्गता भएका व्यक्ति घट्नु राम्रो पक्ष भएपनि वास्तविक तथ्याङ्क नआएको हुन सक्ने बताउनुभयो ।
 
गल्याङ नगरपालिका अपाङ्गता सञ्चालका अध्यक्ष नारायणप्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन गल्याङ नगरपालिका सामाजिक शाखा प्रमुख ढालबहादुर केसीले गर्नुभएको थियो । कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुलाई ह्विल चियर वितरण पनि गरिएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...