अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

सतौँचण्डी बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड लामागेको छैटौं वार्षिक साधारणसभा

 
रेडियो आँधीखोला
वालिङ, १८ मंसिर ।
सतौँचण्डी बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड लामागेको छैटौं वार्षिक साधारणसभा कार्यक्रम सम्पन्न भएको छ । पुतलीबजार नगरपालिका १४ स्थित श्रवण माविमा साधारण सभाको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य राजु थापाले सहकारीले समाजिक क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्दै आर्थिक पारदर्शितामा ध्यान दिन र उत्कृष्ट सेवा प्रदान गर्नुपर्ने बताउनुभयो । 
उहाँले समाज, जिल्ला र देश विकासका निम्ति सहकारीको महत्वपूर्ण भूमिका रहेको कुरामा समेत जोड दिनुभयो । सोही अवसरमा बोल्दै गण्डकी प्रदेश सभा सदस्य सुधिर कुमार पौडेलले सहकारीहरु एकाकार भई उत्पादनमूलक कार्यमा लाग्नुपर्ने कुरामा जोड दिनुभयो । कार्यक्रममा पुतलीबजार नगर उपप्रमुख देवी अर्याल, नेपाली कांग्रेसका नेता तुलसी गिरी, वडा अध्यक्ष जितेन्द्र प्रकाश मल्ल, वडा सदस्य मुवारक मियाँ, रेडियो स्याङ्जाका अध्यक्ष ध्रबबन्धु पौडेल, श्रवण माविका प्रअ हिमलाल ढकाल, शिवालय सहकारीका अध्यक्ष सीता पुरी, सल्लाहकार विश्वेश्वर गिरी, पंचमुखी बचत तथा ऋण सहकारीका उपाध्यक्ष सूर्य प्रसाद लामिछाने लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । 
कार्यक्रममा संस्थाका अध्यक्ष अग्नी प्रसाद भण्डारीले बार्षिक प्रतिवेदन, कोषाध्यक्ष शुसिल भण्डारीले आर्थिक प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समितिका संयोजक देवी प्रसाद भण्डारीले प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदन पारित भएका छन् । सहकारीका अध्यक्ष अग्नी प्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष ओम प्रसाद पौडेलले स्वागत एवं सहकारीका सचिव अमृत लामिछानेले कार्यक्रम संचालन गर्नुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...