अहिले तरंगमा

Chinari

केहि छिनमा

Sajha Khabar

समाचार

३२औँ अन्तराष्ट्रिय अपांग दिवसका अवसरमा वालिङमा सहायक सामाग्री वितरण

news

 
रेडियो आँधीखोला
वालिङ, १८ मंसिर ।
वालिङमा ३२औँ अन्तराष्ट्रिय अपांग दिवसका अवसरमा सहायक सामाग्री वितरण गरिएको छ । दिगो विकास लक्ष्य प्राप्तिको प्रतिवद्धता अपांगता भएका व्यक्तिको अपनत्व र नेतृतव सहितको ऐक्यवद्धता भन्ने नाराका साथ अपांगता भएका व्यक्तिहरुका लागी दिवसका अवसरमा सहायक सामाग्री वितरण गरिएको हो । स्याङ्जा अपांग समाजको आयोजना, वालिङ नगरपालिकाको समन्वय र सामाजिक विकास कार्यालय स्याङ्जाको सहयोगमा आईतबार वालिङ सहित भीरकोट, गल्याङ, चापाकोट नगरपालिका र कालीगण्डकी गाउँपालिका गरी ५ पालिकाका अपांगता भएका व्यक्तिहरुलाई सहायक सामाग्री वितरण गरिएको हो । 
कार्यक्रममा नगरप्रमुख कृष्ण खांणले जनप्रतिनिधिहरुले बोलेर भाषणमा नभई नतिजा देखिने गरी काम गर्नुपर्ने आफ्ना मुल मान्यता रहेको बताउनुभयो । संविधानले निदृष्ट गरेका नागरिकका हकअधिकारको कार्यान्वयनका लागी नगरपालिका प्रतिवद्ध भएर अगाडि बढेको नगरप्रमुख खांणको भनाई छ । अपांगता भएका व्यक्तिहरुलाई हेर्ने दृष्टिकोण सकरात्मक बनाउनुपर्ने भन्दै हरेक व्यक्तिमा फरक फरक अन्तरनिहित प्रतिभा हुने भएकाले त्यस्ता प्रतिभाहरुको पहिचान गरी अपांगता भएका व्यक्तिहरुलाई पनि थप सशक्त बनाउन सकिने उहाँको भनाई छ । 
कार्यक्रममा उपप्रमुख कविता तिवारीगैह्रेले अपांगता भएका व्यक्तिहरुलाई परनिर्भरता हटाई आत्मविश्वास वृद्धि गर्ने वातावरणको सृजना गर्नुपर्ने बताउनुभयो । कार्यालय, समाजलगायत हरेक संरचना निर्माण गर्दा अपांगमैत्रि बनाउनुपर्नेमा जोड दिँदै अपांगताको सवालमा नगरपालिकाले निति तथा कार्यक्रम नै बनाएर अगाडि बढेको उपप्रमुख तिवारीको भनाई छ । 
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत तेजराज शर्मा, सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख इश्वरीप्रसाद रेग्मी, वालिङ नगरपालिका सामाजिक विकास समिति संयोजक युगमाया पंगेनी, स्याङ्जा अपांग समाजका निर्वतमान अध्यक्ष युवराज पराजुली, दृष्टिविहिन हिराबहादुर गुरुङलगायतले बोल्नुभएको थियो । कार्यक्रम स्याङ्जा अपांग समाजका अध्यक्ष राम शर्मा पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत अपांग संजाल वालिङका अध्यक्ष डेलबहादुर विकले गर्नुभएको थियो । कार्यक्रममा सेता छडी, ह्वील चियरलगायतका सहायक सामाग्रीहरु वितरण गरिएको हो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...