अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

आज पनि हिमपातको सम्भावना, पहाडी क्षेत्रका एक दुई ठाउँमा पानी पर्ने अनुमान

news

 

मंसिर १९, काठमाण्डौ – आज पनि हिमाली र उच्च पहाडी क्षेत्रका केही ठाउँमा हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । हिजो हिमाली र उच्च पहाडी क्षेत्रका केही ठाउँमा हिमपात भएको थियो । हिमपात भएसँगै हिमाली क्षेत्रका किसान फुरुङ्ग भएका छन् । अहिलेको हिउँले हिउँदे बालीलाई फाइदा पुग्ने किसानले बताएका छन् ।

हिमपातले चिसो भने बढाएको छ । मौसमविद् रोजन लामिछानेका अनुसार नेपालमा पश्चिमी वायुसँगै भारतको उत्तर प्रदेश आसपासमा बनेको न्यून चापिय प्रणाली र बंगालको खाडीमा बनेको आँधीको प्रभाव परेको छ । यही प्रणालीका कारण हिजो देशभरकाे मौसम बदली भएको थियो ।

मौसम बदली भएसँगै अधिकतम तापक्रम घट्न थालेको छ । हिजो काठमाण्डौको अधिकतम तापक्रम झण्डै ४ डिग्री सेल्सियस घटेको थियो । अस्ति २० देखि २१ डिग्री सेल्सियस रहेको काठमाण्डौको अधिकतम तापक्रम हिजो १७ दशमलव ६ डिग्री सेल्सियसमा झरेको थियो । आज कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक दुई ठाउँमा हल्का वर्षाको सम्भावना पनि रहेको मौसमविद् रोजन लामिछानेले बताउनुभयो। 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...