समाचार
स्याङ्जा सहयोग समाजको एक लाख सोह्र हजार सहयोग
वालिङ, २० मंसिर ।
अर्जुन चौपारी गाउँपालिका ३ मा मृगौला प्रत्यारोपण गरेका एक परिवारलाई सहियोग गरिएको छ । स्याङ्जा सहयोग समाजअन्र्तराष्ट्रिय समन्वय समिति र कतार इकाईले मृगौलाप्रत्यारोपण गर्नु भएका नारायण प्रसाद पौडेललाई सहयोग गरेको हो । समितिले एक लाख १६ हजार तीन सय रुपियाँ
पौडेलको घरमै पुगेर हस्तान्तरण गरेको हो । शिक्षण पेशामा आबद्ध पौडेलको गतभदौ २४ गते मृगौलाप्रत्यारोपण गरिएको थियो ।
गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले दुखमा सबै सहयोग र सदभाब रहनु पर्ने बताउनुभयो । सानो सहयोगले कसैको जिवनमा सहयोग पुग्दछ भने सहयोग गर्नुपर्ने बताउदै तिवारीले दुखमा पालिकाले हातेमालो गर्ने बताउनुभयो । यस्तै निबर्तमान अन्र्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष टुकराज अर्यालले बिदेशमा रहेका स्याङ्जालीको सानो ठुलो सहयोगले समाज मार्फत जिल्लामा आठ करोड भन्दा बढि सहयोग उपलब्ध गराएको बताउनुभयो । कार्यक्रममा कतार अर्जुन चौपारी इकाईका अध्यक्षनगेन्द्र रिमाल, संस्थापकउपाध्यक्ष नारायण काफ्ले लगायतले मन्तब्य राख्नु भएको थियो । सहयोग बुझ्दै पौडेलले सबैको सहयोगले आफ्नो जिवन बाचेको बताउदै सबैलाई धन्यबाद दिनुभयो ।